नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलरको भाउ आइतबार घटेको छ । शुक्रबार १३ पैसाले घटेको अमेरिकी डलर आइतबार ९ पैसाले घटेको हो ।
आइतबार एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६५ पैसा कायम गरिएको छ । यसअघि आइतबार उक्त डलरको खरिद मूल्य १३१ रुपैयाँ १४ पैसा र बिक्री मूल्य १३१ रुपैयाँ ७४ पैसा कायमम गरिएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार आइतबार यूरोपियन यूरो ४९ पैसाले घटेको छ । आइतबार यूरो एकको खरिद दर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १६ पैसा कायम गरिएको छ । शुक्रबार यूरो एकको खरिद मूल्य १४३ रुपैयाँ ८९ पैसा र बिक्री मूल्य १४४ रुपैयाँ ५५ पैसा कायम गरिएको थियो ।
आइतबार बेलायती पाउण्ड स्टर्लिङ घटेको छ । यसको खरिद दर १६२ रुपैयाँ २४ पैसा र बिक्री दर १६२ रुपैयाँ ९८ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ९२ पैसाले घटेको हो ।
शुक्रबार यसको खरिद मूल्य १६३ रुपैयाँ १५ पैसा र बिक्री मूल्य १६३ रुपैयाँ ९० पैसामा कारोबार भएको थियो । त्यसैगरी आइतबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ ६४ पैसा र बिक्रीमा ८८ रुपैयाँ ४ पैसा तोकिएको छ ।
क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ८९ पैसा र बिक्रीमा ९७ रुपैयाँ ३४ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३ पैसा कायम गरिएको छ ।
आइतबार साउदी अरेबियन एकको खरिद दर ३४ रुपैयाँ ९४ पैसा र बिक्री दर ३५ रुपैयाँ १० पैसा, यूएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८५ पैसा र मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ५३ पैसा र बिक्री दर २९ रुपैयाँ ६७ पैसामा पाइने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस