Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार डलरको भाउ स्थिर, यूरो बढ्यो

अर्थ संसार

सोमबार, ११ बैशाख २०८०, १० : ५५ मा प्रकाशित

सोमबार डलरको भाउ स्थिर, यूरो बढ्यो

नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । अमेरिकी डलरको भाउ सोमबार स्थिर रहेको छ । यसअघि आइतबार ९ पैसाले घटेको डलरको कारोबार सोमबार स्थिर रहेको हो ।

सोमबार एक अमेरिकी डलरको खरिद दर १३१ रुपैयाँ ५ पैसा र बिक्री दर १३१ रुपैयाँ ६५ पैसा कायम गरिएको छ । यसअघि आइतबार उक्त डलरको कारोबार सोही मूल्यमा भएको थियो ।

राष्ट्र बैंकका अनुसार सोमबार युरोपियन यूरो ५१ पैसाले बढेको छ । सोमबार यूरो एकको खरिद दर १४४ रुपैयाँ एक पैसा र बिक्री दर १४४ रुपैयाँ ६७ पैसा कायम गरिएको छ । आइतबार यूरो एकको खरिद मूल्य १४३ रुपैयाँ ५० पैसा र बिक्री मूल्य १४४ रुपैयाँ १६ पैसा कायम गरिएको थियो ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको