Like us!
Follow us!
Connect us!
Watch us!

एमालेले अन्य दलसँग तालमेल गर्ने

आइतबार, १५ असोज २०७४, १९ : १८ मा प्रकाशित

एमालेले अन्य दलसँग तालमेल गर्ने

अर्थ संसार, काठमाडौँ–  नेकपा (एमाले)ले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र संघको चुनावमा अन्य राजनीतिक दलसँग तालमेल गर्ने भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको स्थायी कमिटी सदस्यहरुको बैठकले सकेसम्म वामपन्थी दलहरुसँग तालमेल र सहकार्य गर्ने निर्णय गरेको हो । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) संग भने तालमेल गर्ने भनिए पनि निर्णय भने भएको छैन ।

यसअघि, सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी मंसिर १० र २१ गते दुई चरणमा गर्ने निर्णय गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको