अर्थ संसार, काठमाडौं– सन् २०१९ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि आवेदन दर्ता अवधि असोज १७ गते नेपालको स्थानीय समयअनुसार रातको ९:४५ बजेबाट सुरु भएको छ ।
१७ गतेदेखि खुल्ला गरिएको डिभी कार्तिक २१ गते नेपालको स्थानीय समयअनुसार रातको १०स्४५ बजे बन्द हुनेछ ।
काठमाडौँस्थित अमेरिकी दूतावासका अनुसार् डि।भी। चिट्ठामा सहभागी हुनका लागि शुल्क लाग्दैन । साथै अमेरिकी दूतावासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन पनि सल्लाह दिएको छ ।
आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला भन्दै सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि आफु स्वयम् जिम्मेवार रहने दूतावासले जनाएको छ ।
दर्ता गर्दा आफ्ना पतिरपत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य भएकोले उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिने हुनाले पारिवारिक विवरण खुलाउनुपर्ने छ ।
एक जनाका लागि एउटा आवेदन मात्र बुझाउनु पर्नेछ भन्दै दुतावास् ले एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू चिट्ठाका लागि अयोग्य ठहरिने बताएको छ । अघिल्लो वर्षको डिभी आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिने हुनाले हालसालै खिचिएको फोटो टास्ने र फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्ने छ जस्तै फोटो खिच्दा आवेदकहरूले चश्मा लगाउनु हुँदैन ।
फारम भरिसके पछि आफ्नो कन्फर्मेसन नम्बरलाई अवश्य सेभ र प्रिन्ट गरेर राख्नु पर्दछ किनकि यो नम्बर नै स्टेटस चेक गर्ने एक मात्र तरिका भएको दूतावासले जनाएको छ । यसवर्षको डिभीको नतिजा २०७५ वैशाख १८ वा त्यसपछि हेर्न सकिन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस