तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले आफ्नो २६ औं वार्षिक साधारणबाट कम्पनीको नियमावलीको व्यवस्था बमोजिम विभिन्न समूहबाट सञ्चालक नियुक्त गरेको छ ।
बैशाख १० सम्पन्न भएको २६ औं वार्षिक साधारणबाट कम्पनीले संस्थापक लगानीकर्ता समूह “क” तारागाउँ विकास समितिको तर्फबाट सुरेश राज जोशी, संस्थापक लगानीकर्ता समूह “ख” बाट अरुण कुमार सराफ, सुरेश लाल श्रेष्ठ र देवेश सराफ र कम्पनी ऐन, २०६३ को दफा ८६ (३) तथा कम्पनीको नियमावलीको व्यवस्था बमोजिम स्वतन्त्र सञ्चालकमा श्रीवत्स शमशेर ज.व.रा र मनोज प्रसाद राजभण्डारीलाई सञ्चालकमा नियुक्त गरेको हो ।
कम्पनीले नियुक्त सम्बन्धी जारी गरेको सूचना यस प्रकार छ:
उपरोक्त सम्बन्धमा, यस तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको मिति २०८०।०१।१० तदानुसार २३ अप्रील, २०२३ मा सम्पन्न २६ औं वार्षिक साधारण सभाले कम्पनीको नियमावलीको व्यवस्था बमोजिम संस्थापक लगानीकर्ता समूह “क” तारागाउँ विकास समितिको तर्फबाट श्री सुरेश राज जोशी, संस्थापक लगानीकर्ता समूह “ख” बाट श्री अरुण कुमार सराफ, श्री सुरेश लाल श्रेष्ठ र श्री देवेश सराफ र कम्पनी ऐन, २०६३ को दफा ८६ ९३० तथा कम्पनीको नियमावलीको व्यवस्था बमोजिम स्वतन्त्र सञ्चालकमा श्री श्रीवत्स शमशेर ज।व।रा र श्री मनोज प्रसाद राजभण्डारीलाई संचालकमा नियुक्त गरेको व्यहोरा कम्पनी ऐन, २०६३ को दफा ८७ तथा सोही ऐनको दफा १०७, धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम २६ को उपनियम ५ बमोजिम अनुसुची १६ को क्र।स। ९ र धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ को ९ज० बमोजिम अनुसुची ४ को क्र।स। १४ अनुसारको सुचना, जानकारी तथा विवरण तहाँ कार्यालयको जानकारीको लागि हार्दिक अनुरोध गर्दछौं । तहाँ कार्यालयबाट प्राप्त निरन्तर सहयोगको लागि हार्दिक कृतज्ञता प्रकट गर्दछौं ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस