Like us!
Follow us!
Connect us!
Watch us!

सरकारद्वारा ३३ निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज

अर्थ संसार

विहीबार, १४ बैशाख २०८०, ११ : १९ मा प्रकाशित

सरकारद्वारा ३३ निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज

सरकारले ३३ निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज गरेको छ । सार्वजनिक निर्माणको  प्रयोजनका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट इजाजतपत्र लिएका व्यवसायीहरुले नवीकरण नगरेकाले उनीहरुको इजाजतपत्र खारेज गरिएको हो । 

मन्त्रालयको निर्माण व्यवसाय प्रवद्र्धन शाखाले आज एक सूचना प्रकाशित गरी इजाजतपत्र लिएका व्यवसायीहरुले निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७९/८० का लागि २०७९ चैत्र मसान्तसम्म निर्माण व्यवसाय इजाजतपत्र नविकरण नगरेकाले सोही ऐनको दफा ७ को उपदफा ३ बमोजिम ती निर्माण व्यवसायीको इजाजतपत्रहरु स्वतः खारेज भएको जनाएको हो ।

यसअघि मन्त्रालयले आर्थिक वर्ष २०७९/८० का लागि २०७९ चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गर्न निर्माण व्यवसायीहरुलाई आग्रह गरेको थियो । तर सो समय अवधिभित्र नवीकरण नगरेकाले इजाजतपत्र खारेज गरिएको मन्त्रालयले जनाएको छ ।रासस/File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको