Like us!
Follow us!
Connect us!
Watch us!

२३ कन्स्ट्रक्सन कम्पनीको लाइसेन्स खारेज, कुन कुन परे ?

अर्थ संसार

बुधबार, १९ असार २०८१, १३ : ४७ मा प्रकाशित

२३ कन्स्ट्रक्सन कम्पनीको लाइसेन्स खारेज, कुन कुन परे ?

इजाजतपत्र नवीकरण नगरेपछि २३ वटा निर्माण व्यवसायीहरूको इजाजतपत्र (लाइसेन्स) खारेज भएको छ। सार्वजनिक निर्माण कार्य प्रयोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट इजाजतपत्र लिएका निर्माण व्यवसायीले आर्थिक वर्ष २०८०/०८१ का लागि २०८० चैत मसान्तसम्म नवीकरण नगरेपछि उनीहरुको इजाजतपत्र स्वतः खारेज भएको हो।

लाइसेन्स खारेज हुनेमा फ्युचर स्टार कन्स्ट्रक्सन प्रालि (ललितपुर), हिमालयन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी प्रालि (ललितपुर), भूमि इन्फ्रास्ट्रक्चर प्रालि (मोरङ) र मदन कन्स्ट्रक्सन प्रालि (धनकुटा) रहेका छन्। त्यस्तै, असन बालकुमारी कन्स्ट्रक्सन (काठमाडौं), ढोफिर्दी निर्माण सेवा (तनहुँ), दि राइजिङ कन्स्ट्रक्सन (पोखरा), सिरोहिया कन्स्ट्रक्सन (धनुषा), त्रिशूल निर्माण सेवा (दमक)को पनि इजाजतपत्र खारेज भएको छ।

त्यसैगरी, श्रीजंगा निर्माण सेवा (पाँचथर), घण्टेश्व निर्माण सेवा प्रालि (डडेल्धुरा), नौला मालिका निर्माण सेवा (जाजरकोट), ठोसे केआर निर्माण सेवा (काठमाडौं), एभ्रिथिङ सोलुसन कन्स्ट्रक्सन प्रालि (झापा), रुपाली कन्स्ट्रक्सन (अछाम) र रुद्रकुमार कक्षपती निर्माण सेवा (प्युठान) ले पनि इजाजपत्र नवीकरण गरेका छैनन्। यसैगरी, इजाजतपत्र रद्द हुनेमा सिन्धुलीको ई। मरिण ठाकुर निर्माण सेवा, काठमाडौंको विकन कम्पनी प्रालि, भक्तपुरको आर कोमल कन्स्ट्रक्सन, बर्दियाको अमन कन्स्ट्रक्सन, संखुवासभाको राधाकृष्ण निर्माण सेवा, र काठमाडौंकै पवित्र मल्टिपल कन्स्ट्रक्सन तथा फ्लोरिडा कन्स्ट्रक्सन प्रालि रहेका छन् ।

66850601c378c.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको