Like us!
Follow us!
Connect us!
Watch us!

‘नेपाल प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिसेस’को नेपाल शाखा उद्घाटन

अर्थ संसार

विहीबार, १४ बैशाख २०८०, १४ : ०४ मा प्रकाशित

‘नेपाल प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिसेस’को नेपाल शाखा उद्घाटन

प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिर्सेसले नेपालमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बुधबार उद्घाटन गरिएको उक्त शाखाको नाम भने प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिसेस नेपाल राखिएको छ । काठमाडौंको व्यवसायिक केन्द्र मानिएको सेन्ट्रल बिजनेश पार्क, थापाथलीको दोस्रो तल्लामा उक्त कार्यालयको मुख्यालय राखिएको छ ।

आफ्ना सेवाग्राहीहरुलाई गुणस्तरीय र विश्वसनीय सेवा प्रदान गर्दै आएको प्रोफेश्नल भिसा एण्ड सर्भिसेस सन् २०१५ मा स्थापना भएको हो । यसले आफ्नो स्थापनाकालदेखि नै आफ्नो सेवाका कारण प्रतिष्ठा कमाएको छ। सर्भिसेसले निरन्तर शिक्षा र आप्रवासन (माईग्रेसन) सम्बन्धी सबै प्रकारका सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीले आफ्नो गुणस्तरीय सेवाका कारण विभिन्न अवार्डसमेत हात पारिसकेको छ । कम्पनीले सन् २०२२/२३ मा शीर्ष–३ को माईग्रेसन एजेन्ट सिड्नी अवार्ड, सन् २०२२/२३ मै बेष्ट विजनेस अवार्ड, सन् २०२२/२३ मै अष्ट्रेलियन स्मल विजनेस च्याम्पियन फाईनलिष्ट, लोकल विजसेन अवार्ड–२०२२ को विजेता र लोकल विजनेस अवार्ड–२०२३ को फाईनलिष्ट अवार्ड प्राप्त गरेको छ ।

प्रोफेश्नल भिसा एण्ड सर्भिसेसका सिईओ निशान्त शर्माले नेपालमा सेवा विस्तार गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् । उनले भने,‘हामी नेपालमा पनि आफ्नो सेवा विस्तार गर्न र नेपाली विद्यार्थीहरुलाई भरपर्दो, उच्च गुणस्तरको शिक्षा र आप्रवासनसम्बन्धी सेवा प्रदान गर्न पाउँदा खुशी र हर्षित छौं ।’ उनले आफूहरु सधैं राम्रो नतिजा प्रदान गर्न अब्ब भएको कुरा प्रमाणित भएको पनि स्मरण गराएका छन् ।

उनले थपे–‘हामीसँग उत्कृष्ट नतिजा प्रदान गरेको रेकर्ड छ । हामी नेपाली विद्यार्थीहरुलाई उनीहरुको शिक्षा र आप्रवासनसम्बन्धीको लक्ष्य प्राप्त गर्न सफल हुनेछौं ।’
उद्घाटन समारोहमा चर्चित नायिकाहरु स्वस्तिमा खड्का र वर्षा राउत, बैंकर अनिलकेशरी शाह र वरिष्ठ अधिवक्ता सुशिल पन्त, कलाकारहरु सरोज प्रजा र विना राउतलगायतका प्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता रहेको थियो । सो अवसरमा प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिसेसका ग्लोबल विजनेस म्यानगर विपुल खत्रीले कम्पनीको बारेमा प्रकाश पारेका थिए । 

कार्यक्रममा बैंकर अनिलकेशरी शाहले प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिसेसको नेपाल शाखा उद्घाटनले नेपाली विद्यार्थीहरुको लागि अवसर सिर्जना गरेको सुनाए । उनले नेपाली विद्यार्थीहरु उच्च शिक्षाको लागि विदेश जानु बाध्यता भएको बताए । नेपालमै राम्रो अवसर भएको भए त्यस्तो अवस्था सिर्जना नहुने थियो भन्ने उनको भनाई छ । नायिका स्वस्तिमा खड्काले पनि उक्त कम्पनीको सफलताको शुभकामना दिईन् । उनले आफूले पनि छिट्टै सेवा लिने बताईन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको