Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकपमा स्विडेनकाे विजयी सुरूवात, ट्युनिसिया ५–१ ले पराजित

अर्थ संसार

सोमबार, ०१ असार २०८३, ११ : ५० मा प्रकाशित

विश्वकपमा स्विडेनकाे विजयी सुरूवात, ट्युनिसिया ५–१ ले पराजित

फिफा विश्वकप फुटबल अन्तर्गत समूह एफको खेलमा स्वीडेनले ट्युनिसियालाई ५–१ गोलले हराउँदै विजयी शुरुवात गरेको छ ।  मेक्सिकोमा केहीबेरअघि सम्पन्न खेलमा स्वीडेनका यासिन अयारीले २ तथा अलेज्यान्डर इसाक, भिक्टर ग्योकेरेस र माथिएस स्भानवर्गले १–१ गोल गरे । 

ट्युनिसियाका ओमार रेकिकले १ गोल गरे । जितपछि स्वीडेनले ३ अंक जोडेको छ । यसै समूहको पहिलो खेलमा नेदरल्यान्ड्स र जापानले २–२ को बराबरी खेल्दै अंक बाँडेका थिए । नेदरल्यान्ड्सले र जापानले समान १ अंक जोडेको छ भने ट्युनिसिया अंकविहीन छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको