Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पुनर्बीमाद्वारा लाभांश घोषणा

अर्थ संसार

आइतबार, १७ बैशाख २०८०, १० : ५९ मा प्रकाशित

नेपाल पुनर्बीमाद्वारा लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीले लाभांश घोषणा गरेको छ । आज (आइतबार) बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम रहेका चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश दिने भएको हो । 

कम्पनीको हाल चुक्ता पुँजी १२ अर्ब २३ करोड २५ लाख रुपैयाँ रहेको छ । उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भई आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुले पाउने कम्पनीले जनाएको हो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको