तारागाउँ रिजेन्सी होटल लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट प्रस्ताव गरेको लाभांश सम्बन्धीत शेयरधनीहरुको खातामा जम्मा गर्न सुरु गरेको छ । कम्पनीले आ–आफ्नो साधारण सभाबाट पारित भएको नगद लाभांश सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा पठाउन सुरु गरेको हो ।
कम्पनीले गत फागुन ३ गते सम्पन्न २६औ वार्षिक साधारण सभाबाट पारित भएको ८.४२ प्रतिशत नगद लाभांश सेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा पठाउन सुरु गरेको हो ।
हालसम्म पनि आफ्नो हितग्राही खातामा बैंकको खाता अद्यावधिक नगराएका सेयरधनीहरुले बैंक खाता हितग्राही खातामा अद्यावधिक गराएपछि मात्रै उक्त लाभांश प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस