Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषको तेस्रो त्रैमासः खुद नाफा ७७ करोड ७९ लाख, प्रतिसेयर आम्दानी कति?

अर्थ संसार

सोमबार, १८ बैशाख २०८०, १३ : २५ मा प्रकाशित

नागरिक लगानी कोषको तेस्रो त्रैमासः खुद नाफा ७७ करोड ७९ लाख, प्रतिसेयर आम्दानी कति?

नागरिक लगानी कोष (सीआईटी)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

अघिल्लो वर्ष यही अवधिसम्म कोषले ६१ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कोषले तेस्रो त्रैमासम्म ७७ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा २६.१५ प्रतिशतले बढी हो। 

समीक्षा अवधिमा कोषको ब्याज आम्दानी १०६.७७ प्रतिशतले बढेर ३० करोड ५० लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म ब्याज आम्दानी १४ करोड ७५ लाख रुपैयाँमा सीमित थियो। 

कोषको सेवा शुल्क तथा कमिस आम्दानी ९३ करोड ५० लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ८८ करोड २७ लाख रुपैयाँ थियो।  कोषको व्यवस्थापन खर्च पनि बढेर १६ करोड ४८ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष व्यवस्थापन खर्च १५ करोड ४७ लाख रुपैयाँ थियो। 

सेयरपुँजी ४ अर्ब २५ करोड रुपैयाँ रहेको कोषको सेयर प्रिमियममा २८ करोड ३८ लाख रुपैयाँ र जगेडा कोषमा १६ अर्ब ५३ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष सेयर प्रिमियम र जगेडा कोषमा क्रमशः र १ अर्ब २६ करोड रुपैयाँ र २० अर्ब ३० करोड रुपैयाँ थियो। 

कोषको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर २४.४० रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २७.४१ रुपैयाँ थियो। लगानीमा प्रतिफल (आरओई) ९.६७ प्रतिशत रहेको कोषको प्रतिसेयर नेटवर्थ २०१.८७ रुपैयाँ रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको