Like us!
Follow us!
Connect us!
Watch us!

"अहिले टिक्न सक्नु भएन भने, अहिले गुमाएको पैसा फेरि कमाउन सकिदैन"

अर्थ संसार

विहीबार, २१ बैशाख २०८०, १४ : २२ मा प्रकाशित

सेयर बजारमा कारोबार गर्नेहरुलाई नयाँ स्वाद रुपमा आएको छ चुकुल।  चुकुल एक मोबाइल एप हो जसको अहिले साईनअफ गर्ने ३३ हजार छन्। २ हजार भन्दा बढीले प्रिमियर सर्भिस लिरहेका छन् । सामान्यतया सेयरको स्वचालित खरिदबिक्री संकेत गर्ने प्रणाली हो चुकुल ।

गाईड गर्ने मान्छे नभेटेपछि जन्मियो चुकुल 

आफैले भोगेको विभिन्न समस्या र आवश्यकतालाई हेरेर समाधान खोज्दै गर्दा सुरु भएको एप हो चुकुलू भन्छन बिमोद देव पन्त। पन्त पी आइ टेक कम्पनीका अध्यक्ष हुन्। स्वयम् यस समस्यामा परेपछि यस्तो समस्यामा धेरैजनाको परेको महसुस गरेपछि डाटा इन्जिनियर, सफ्ट्वेयर इन्जीनियरको रुपमा काम गरि रहेका पन्त सुरुवातले सुरुवात गरेको हो चुकुल। कुनै स्टकहरु स्क्यान गर्नुपर्ने अर्थात आइडिन्टिफाई गर्नुपर्ने कुन किन्ने कुन बेच्ने भन्ने गाईड गर्ने मान्छे नभेटेपछि यसको आवश्यकता देखेर चुकुल सञ्चालनमा पन्त बताउछन । 

उनी भन्छन्, ‘मैले जे समस्या भोगे मलाई के लाग्यो भने त्यो टाईममा कुनै स्टकहरु स्क्यान गर्नुपर्यो अर्थात आइडिन्टिफाई गर्नु पर्यो । कुन कीन्ने कुन बेज्ने चाहियो तर मलाई चाहिरहेको कुरा कतैै भेटिरहेको थिएन । म पनि यहि ब्याकग्राउण्डको यहि डाटामा काम गरिरहेको डाटा इन्जिनियर, सफ्ट्वेयर इन्जीनियर रुपमा गरि रहेको भएर यो मलाई चाहिएको छ । भन्ने हिसाबले म एउटा को समस्या भयो त्यो । यस्तो समस्या त धेरैको हुने भयो । त्यो कुरालाई महशुस गरेर यो कोसिस गरेको हो । जुन एप अर्थात चकुलले अटोमेटिक बाइग्निल दिने गरि सुरु भएको हो ।’  

"एपले तत्काल ब्याक टेस्ट इन्जिन हालेको छ जसलाई पब्लिक गरेको छ । ब्याक टेस्ट इन्जिनको काम कुनै पनि सेटअप, बाइक सेटअप र सेल्स सेटअप गरे त्यसको याक्युरेसिहरु निकाल्नका लागि त्यो पास्टमा कसरी वर्क आउट भइरहेको थियो भन्नका लागि कम्पनीले सार्वजनिक गरेको हो ।"

५४०० मा किनेको सेयर बोनस खाएर ६५०० पुग्दा बेच्न जानेन

पन्त कम्प्युटरका इन्जीनियर हुन् । उनले आइ टि कम्पनीमा १० वर्ष भन्दा बढी डेटामा काम गरेका छन् । उनी जानी नजानी २०६२र६३ तिर ८ लाख लिएर बजारमा जोडिन पुगेका थिए । ‘चार्टर बैंक ५४ सयमा किनेर  सेयरको ५० प्रतिशत बोनस ५० प्रतिशत क्यासपछि मूल्य ६५ सय पुग्यो । तर उनले त्यो बेला सेयर बेचेनन। बजारको त्यति जानकारी थिएन । बुक क्लोज भएर आउँदा मुल्य रिभाइज हुन्छ भन्ने जानकारी नभएको अवस्था थियो । त्यो बेला थोरै पैसा घाटामा गएर मार्केट छाडेर पुनः २०७० बाट मार्केट इन्ट्री गरे,इन्डेक्स त्यतिबेला ८ सय थियो,’ उनले भने ।

बजारमा अहिले एकुमुलेसन फेजमा 

२०७० बाट निरन्तर रुपमा सेयरबजारमा संलग्न रहेको उनी बताउँछन् । उनका अनुसार सेयर बजार अहिले जुन अवस्थामा छ ,त्यो समयमा पनि सेयर बजारको अवस्था उस्तै थियो । त्यसबेला ८–९ सय हाराहारीमा बजार थियो भने त्यो बढेर १८ सयमा पुगेको र बजार अहिले एकुमिलेसन जोनमा रहेको उनको बुझाई छ । उनी भन्छन्, ‘अहिले बेयरको अन्ततिरको अवस्था हो,अहिले हामी कुनै न कुनै लेभलको पोलेसी परिवर्तन हुने अवस्थाबाट सिफ्ट आउने सम्भावना देख्छु । त्यसले बजार बढ्ने सम्भावना रहेको देखिन्छ । अहिलेको अवस्थामा बजारमा सेल नआएको अवस्था छ ।’

"अहिले टिक्न सक्नु भएन भने, अहिले गुमाएको पैसा फेरि कमाउन सकिदैन" पन्त ठोकुवा गर्छन । 

महँगो भनेपछि अफर 

सिस्टममा रहेको बिजिनेस लजिक र बिजिनेस लजिकका डाटाहरुलाई फाउण्डीङ इन्जीनियरिङको कुरामा कसरी इन्डिकेट गर्ने फिचर कस्तो बनाउने भन्नेमा केन्द्रित रहेको  ७ महिनादेखि चुकुलमा कार्यरत विपिन रेग्मी बताउँछन् । उनी भन्छन्,‘बक्सफिक्स हाम्रो दैनिक काम हो । आइरहेका डाटालाई इन्डिकेट गर्ने काम गर्छौ ।’ 

यस्तै, चुकुलमा विगत एकवर्षदेखि कार्यरत मनिका कार्की मानव संसाधन व्यस्थापन  र कस्टुमरसँग कुराकानी गर्ने कार्य गर्दै आइरहेकी छन् । कस्टुमरलाई सहज गर्नका लागि छिटो रिप्लाइ गर्ने, एपमा केहि समस्या छ भने त्यसलाई त्यति नै बेला आईटी टिमसँग कुरा राखेर केही परिवर्तन गरेर सहज गर्ने काम गर्छिन । उनी भन्छन्, ‘काम गर्दै गर्दा फिडब्याक पनि राम्रो आएको हुन्छ सुरुसुरुको फिडब्याक चै एक्सपेन्सीभ भयो भन्ने खालको आइरहेको हुन्थ्यो ।’

एपको शुल्क घटाउनको लागि चुकुल २०८० अफर कोर्ड राखेको उनी बताउँछिन्। जसमा ३५ प्रतिशत छुट समेत रहेको छ । उनी भन्छिन्, ‘ मुल्य घटाउनका लागि हामीले अफर कोर्ड राखेका छौँ । अफर कोर्डमा चुकुल २०८० राखेर त्यसमा चै हामीले ३५ प्रतिशत छुट गरेका छौँ त्यो भएर अहिले मूल्य घटेको अवस्था छ ।’ फिडब्याकसँगै आएका सल्लाह अनुसार पनि कम्पनीले छिटो सर्भिस दिने र कतिपय आएका नराम्रो कमेन्ट अनुसार एपबारे सम्पुर्ण जानकारी गराएर विश्वास दिलाउनु गराइरहेका हुन्छन् । कोभिड १९ संक्रमणसँगै लकडाउनको समयमा सेयरबजारमा आकर्षण आयो  र नेप्से  बढ्यो । 

प्रयोगकर्ताको स्थिरता

ट्रडेरले प्रोफिट गर्नेमा विश्वास राख्छन पन्त तर प्रयोगकर्ताको स्थिरता र भावनामा बग्न नहुने पन्तको जोड छ । आफुहरु कोर इन्जिनियरिङ्मा विश्वास राख्ने र आउटसोर्सिङमा विस्वास नगर्ने हुनेले बजारमा भएका भन्दा आफुहरुलाई एडभाण्टेज रहेको तर्क गर्छन। नयाँ स्टक एक्सचेञ्ज आओस र तेस्ले इन्ट्रा डे ल्याउस भन्ने आफूहरुले चाहेको बताउछन। शर्ट सेल आवोस र सेल सिंगलमा पनि कमाउने व्यवस्था होस् भन्ने आफुहरुले खोजेको पन्तको तर्क छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको