Like us!
Follow us!
Connect us!
Watch us!

जेनजी पुस्ताको आन्दोलन - धमाधम राजिनामा दिँदै मन्त्री,ओली सरकार ढल्ने अवस्थामा

अर्थ संसार

मंगलबार, २४ भदौ २०८२, ११ : ०४ मा प्रकाशित

जेनजी पुस्ताको आन्दोलन - धमाधम राजिनामा दिँदै मन्त्री,ओली सरकार ढल्ने अवस्थामा

सोमबारदेखि सुरु भएको जेनजी पुस्ताको आन्दोलने सरकार ढल्ने अवस्थामा पुगेको छ । सोमबारको आन्दोलनमा १९ जनाको मृत्युसँगै सरकार माथि थप दबाव सिर्जना भएको हो । 

आज काठमाडौं उपत्यकाका सबै तीन जिल्लामा नै कर्फ्यू लगाइएको छ । सडक सुनसान अवस्थामा रहेका छन् । बानेश्वस लगायत क्षेत्रमा प्रदर्शनकारीहरुले आन्दोलन जारी राखेका छन् । आन्दोल भएकै दिन सोमबार गृहमन्त्री रमेश लेखकल लेखकले पदबाट राजीनामा दिएका थिए । आज कृषिमन्त्री रामनाथ अधिकारीले पनि नैतिकताका आधारमा राजीनामा दिएका छन् । त्यस्तै स्वास्थ्य जनसंख्या मन्त्री प्रदिप पौडेलले पनि राजीनामा दिएका छन् । नेपाली कांग्रेसमा पनि सरकारलाई दिएको समर्थन फिर्ता लिनु पर्ने चर्को दबाब देखिएको छ । 

कांग्रेसका शीर्ष नेताहरुले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिनका लागि सभापति शेर बहादुर देउवालाई दबाब दिइरहका छन् । कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि, महामन्त्री गगन कुमार थाप र सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले सरकारलाई दिएको समर्थन फिर्ता लिनु पर्ने बताएका छन् । यति मात्रै होइन सोमबार नै नेता शेखर कोइरालाले यो सरकारको औचित्य सकिएको बताइ सकेका छन् । 

सत्ताको नेतृत्व गरिरहेका केपी शर्मा ओलीको पार्टी भित्र पनि राजीनामा माग भइरएहेको छ । केन्द्रीय सदस्य उकाकिरण तिमिल्सीनाले प्रधानमन्त्रीको राजीनामा माग गरिसकेकि छन् । प्रतिपक्षी दलहरुले त सरकार असफल भएको भन्दै राजीनामा दिन आग्रह गरिनै सकेका छन् । यस्तो अवस्थामा प्रधानमन्त्री ओली दबाबमा देखिएका छन् । कांग्रेसको सहयोगमा प्रधानमन्त्री बनेका ओली यदि कांग्रेसले सरकारबाट बारिहियो भने अल्पमतमा पर्ने छन् । जसबाट अर्को सरकार बन्ने बन्ने अवस्था आउने छ । 

२०६२/६३ को आन्दोलनमा भन्दा बढी व्यक्तिको एकै दिन मृत्यु भएको छ । जसले गर्दा अन्तराष्ट्रिय समूदायले पनि यसको विरोध गरिरहेका छन् । विभिन्न देशका कुटनीतिक नियोगले पनि विज्ञप्ती जारी गरेर सरकारको दमनको विरोध गरेका छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको