Like us!
Follow us!
Connect us!
Watch us!

विश्व विजेता अर्जेन्टिना इक्वेडरसँग पराजित

अर्थ संसार

विहीबार, २६ भदौ २०८२, ०७ : ५८ मा प्रकाशित

विश्व विजेता अर्जेन्टिना इक्वेडरसँग पराजित

विश्व कप विजेता अर्जेन्टिना इक्वेडेरसँग पराजित भएको छ । विश्व कप छनोटको अन्तिम खेलमा अर्जेन्टिना १–० इक्वेडरसँग पराजित भएको हो ।

पहिलो हाफमा इक्वेडरले धेरै आक्रमण गर्दा अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजले दुई पटक उत्कृष्ट बचाउ गरे । लियोनार्दो बालेरदीले पनि पेनाल्टी बक्सबाट बचाउ गरे । तर अर्जेन्टिनाले धेरै अवसर सिर्जना गर्न सकेन । ६५औँ मिनेटमा निकोलास ओटामेन्डीले भ्यालेन्सियालाई पछाडिबाट धकेलेपछि रातो कार्ड पाए । यसका कारण उनले विश्वकपको पहिलो खेल गुमाउनेछन् । त्यसपछि कप्तानको जिम्मेवारी रोड्रिगो डे पउलले लिए ।

खेलको इन्ज्युरी समयमा निकोलास टाग्लियाफिकोको हेडर प्रयासमा उनको हात इक्वेडरियन खेलाडीको अनुहारमा लागेपछि भिएआरमार्फत इक्वेडरले पेनाल्टी पायो । मार्टिनेजले डाइभ गरे पनि भ्यालेन्सियाले गोल गरे । इक्वेडर १–० ले अगाडि बढ्यो ।

इक्वेडरका कैसिडोलाई पनि रातो कार्ड देखाइयो । अर्जेन्टिनाका प्रशिक्षक स्कोलिनी त्यसपछि जुलियन आल्भारेज, फ्रांको मास्तान्तुओनो, नाहुएल मोलीना र जियोभानी लो सेल्सोलाई मैदानमा उतारे । तर अन्तिम क्षणसम्म पनि अर्जेन्टिनाले बराबरी गोल गर्न सकेन र १–० को हार बेहोर्नुप¥यो । अर्जेन्टिना यसअघि नै विश्व कप २०२६ को लागि छनोट भइसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको