Like us!
Follow us!
Connect us!
Watch us!

जेनजी आन्दोलनबारे बोल्यो भारत, के भन्यो ?

अर्थ संसार

मंगलबार, २४ भदौ २०८२, १२ : ३८ मा प्रकाशित

जेनजी आन्दोलनबारे बोल्यो भारत, के भन्यो ?

काठमाडौंको बानेश्वरमा जेनजी आन्दोलनका क्रममा भएको दमन र १९ युवाको ज्यान गएको घटनापछि छिमेकी मुलुक भारतले औपचारिक प्रतिक्रिया दिएको छ। भारतले नेपालमा विकसित पछिल्लो घटनाक्रमलाई नजिकबाट हेरिरहेको जनाउँदै, जेनजी प्रदर्शनमा युवाहरूको मृत्युप्रति गहिरो दुःख व्यक्त गरेको छ।

भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा मृतकका परिवारप्रति समवेदना प्रकट गरिएको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

विज्ञप्तिमा उल्लेख छ,‘हिजोदेखि नेपालमा विकसित घटनाक्रमलाई हामी नजिकबाट नियालिरहेका छौं र धेरै युवाहरूको ज्यान गएकोमा हामी गहिरो दुःख व्यक्त गर्दछौं,मृतकका परिवारप्रति हाम्रो समवेदना छ र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।’

भारतले नजिकको छिमेकीको नाताले सबै पक्षहरूलाई संयमता अपनाई, संवाद र वार्तामार्फत शान्तिपूर्ण समाधान खोज्न आग्रह गरेको छ। नेपालमा जारी कर्फ्यूलाई ध्यानमा राख्दै भारतले आफ्ना नागरिकहरूलाई सतर्क रहन र नेपाल सरकारद्वारा जारी गरिएका सुरक्षा निर्देशनहरूको पालना गर्न अनुरोध गरेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको