Like us!
Follow us!
Connect us!
Watch us!

टेकपानाकर्मी माथि रिपोर्टिङको क्रममा दुर्व्यवहार,भिडियो डिलिट गर्न लगाइयो

अर्थ संसार

शुक्रबार, २२ बैशाख २०८०, १२ : ४९ मा प्रकाशित

टेकपानाकर्मी माथि रिपोर्टिङको क्रममा दुर्व्यवहार,भिडियो डिलिट गर्न लगाइयो

विगत साढे तीन वर्षदेखि प्रविधि संग सम्बन्धित समाचार,सूचना प्रविधि तथा जनसरोकारको विषय कलम चलाउदै आइरहेको टेकपाना डटकमको कर्मचारी माथि रिपोर्टिङको क्रममा दुर्व्यवहार भएको छ। 

टेकपानाले एक विज्ञप्ति जारी गर्दै सञ्चारकर्मी माथि भएको घटनाको निन्दा गरेको छ । विज्ञप्तिका अनुसार सुन्दर यातायात अन्तर्गतको सुन्दर अटो इन्जिनियरिङमा विद्युतीय बाइकको रिपोर्टिङको लागि पुगेका टेकपानाका सञ्चारकर्मीमाथि कम्पनीका अध्यक्ष भेषबहादुर थापाले अमर्यादित शब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका आरोप टेकपानाले लगाएको हो। 

विज्ञप्तिमा उल्लेख छ "कम्पनीका अध्यक्ष थापाले नै टेकपानाका पत्रकार तथा सञ्चारकर्मीलाई आफ्नो कम्पनीले विकास गरिरहेको विद्युतीय मोटरसाइकलको विषयमा जानकारी दिएर रिपोर्टिङका लागि अनुरोध गरेका थिए । सुन्दर यातायातका कर्मचारीसँगको समन्वयमै टेकपाना प्रतिनिधिले कम्पनीले विकास गरिरहेको विद्युतीय बाइकको विषयमा बुधबार रिपोर्टिङ गरेका थिए । रिपोर्टिङ सकिएपछि आइपुगेका कम्पनीका अध्यक्ष थापाले ब्याट्रीको भिडियो किन खिचेको भन्दै अमर्यादित शब्दको प्रयोग गर्दै भिडियो डिलिट गर्न लगाएका थिए । टेकपानाका प्रतिनिधिले कम्पनीको गोपनीयतामा आघात पुऱ्याउने उद्देश्य नभएको र गोपनीयता भङ्ग हुने कुनै पनि भिडियो प्रसारण तथा प्रकासन नगर्ने आश्वस्त तुल्याउँदा पनि थापाले अमर्यादित शब्द प्रयोग गर्दै दुर्व्यवहार गरेको घटनाप्रति खेद व्यक्त गर्दै आगामी दिनमा यस्ता अमर्यादित गतिविधि नगर्न सम्बन्धित सबैमा सचेत गराउन चाहन्छौं ।सञ्चार तथा सूचना प्रविधिको विषयमा आम जनमानसमा सचेतना जगाउने हाम्रो उद्देश्यप्रति हामी प्रतिबद्ध रहेको समेत जानकारी गराउँदछौं "

 

6454ad3b1e20e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको