Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकप फुटबल : अस्ट्रियाले जोर्डनलाई हरायो

अर्थ संसार

बुधबार, ०३ असार २०८३, १२ : ५५ मा प्रकाशित

विश्वकप फुटबल : अस्ट्रियाले जोर्डनलाई हरायो

फिफा विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हराएको छ । बुधबार सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा जोर्डन ३–१ गोलले पराजित गरेको हो । 

अस्ट्रियाले खेलको २१ औँ मिनेटमा रोमानो स्मिडको गोलबाट अग्रता बनाएको थियो । खेलको ५०औँ मिनेटमा अली ओलवानले जोर्डनका लागि बराबरी गोल फर्काए । जोर्डनले विश्वकपमा पहिलो गोलसमेत गरेको हो । तर खेलको ७६औँ मिनेटमा याजन अल अरबको उपहार गोलमा अस्ट्रिया २–१ ले अगाडि रह्यो । अनि खेलको इन्जुरी समयमा अस्ट्रियाका मार्को अर्नाटुभिकले पेनाल्टीमा गोल गरे । 

जोर्डनलाई ३–१ ले हराएसँगै समूह ‘जे’ को अस्ट्रियाले महत्त्वपूर्ण ३ अंक जोडेको छ । विश्वकप फुटबलमा आज राति पौने ११ बजे पोर्चुगल र कङगोले खेल्दैछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको