Like us!
Follow us!
Connect us!
Watch us!

काभ्रेमा सहकारीद्वारा पहिलो एटिएम सेवा

आइतबार, २२ असोज २०७४, १० : ३२ मा प्रकाशित

काभ्रेमा सहकारीद्वारा पहिलो एटिएम सेवा

अर्थ संसार,  बनेपा– काभ्रेपलाञ्चोकमा पहिलो पटक एउटा सहकारी संस्थाले आजदेखि एटिएम कार्ड संचालनमा ल्याएको छ ।

पनौती नगरपालिकाको खोपासीमा रहेको विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्थाले संचालनमा ल्याएको एटिएम कार्डको सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले शुभारम्भ गर्नुभयो ।

 सो एससिटी कार्डबाट सहकारी संस्थामा बचत भएको रकम बचतकर्ताले एससिटीको सुविधा भएको जुनसुकै एटिएमबाट पनि रकम निकाल्न सक्नेछन् । सहकारी संस्थाको २४ औँ वार्षिक साधारणसभामा सचिव मैनालीले सहकारी संस्थालाई औद्योगिक कार्यमा लागेर अर्थतन्त्रमा योगदान गर्न आग्रह गर्नुभयो ।

सहकारी संस्थाका अध्यक्ष प्रदीप थापाले सहकारी आन्दोलनको पहिलो दशकको अवधिमा राज्यको स्पष्ट नीति र पद्धतिको अभावले आर्थिकमैत्री सहकारी बन्न नसकेको आरोप लगाउनुभयो ।

विसं २०५० सालमा स्थापना भएको सो सहकारीले रु एक अर्ब ४२ करोड पाँचलाख बचत गरेको छ भने रु एक अर्ब ५९ करोड २३ लाख ऋण लगानी गरेको बताइएको छ । सहकारीमा ३० हजार सदस्य आबद्ध छन् । यस बाहेक अन्य केही सहकारी संस्था पनि एटिएम कार्ड चलाउने तयारीमा छन् ।

सो अवसरमा १४ जना ज्येष्ठ सदस्यलाई सम्मान गर्नुका साथै सामुदायिक तथा निजी विद्यालयतर्फ एसइई परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने छजना विद्यार्थीलाई पदक तथा नगद पुरस्कारले सम्मान गरिएको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको