प्राइम लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सहभागी भएका सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । नेपाल बीमा प्रधिकरणबाट बैशाख २४ गतेको परिपत्रबाट कम्पनीले सो बोनसदर स्वीकृत गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार बीमितहरुले न्युनतम प्रतिहजार ३५ रुपैयाँदेखि अधिकतम प्रतिहजार ९० रुपैयाँसम्म बोनसदर पाउनेछन् । नयाँ बोनसदर अनुसार सावधिक जीवन बीमा योजनामा प्रतिहजार न्युनतम ३५ रुपैयाँदेखि अधिकतम ७२ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
त्यस्तै, सावधिक तथा आजिवन बीमालेखमा प्रतिहजार न्युनतम ३६ रुपैयाँ देखि ७५ रुपैयाँसम्मको बोनसदर कायम गरेको छ । कम्पनीका अनुसार अग्रिम भुक्तानी सावधिक जीवन बीमा अन्तर्गतको बीमा योजनामा प्रतिहजार न्युनतम ६० रुपैयाँ देखि अधिकतम ९० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
त्यस्तै कम्पनीले प्राइम जीवन उपहार (अग्रिम भुक्तानी) योजनामा प्रतिहजार ५२ रुपैयाँ बोनसदर कायम गरेको छ भने प्राइम जीवन उपहार (सावधिक) योजनामा प्रतिहजार ४० रुपैयाँ बोनसदर कायम गरेको छ ।
साथै, अर्को बीमाङकीय मूल्यांकन अनुसार बीमा समितिबाट अर्को व्यवस्था गर्न स्वीकृति नभएसम्म उल्लेखित दावीहरुमा समेत सोही बोनसदर लागु हुने कम्पनीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस