Like us!
Follow us!
Connect us!
Watch us!

बजेटबारे अर्थमन्त्रीलाई सांसद शर्माले दिए ९ सुझाव

अर्थ संसार

मंगलबार, २६ बैशाख २०८०, १३ : ३३ मा प्रकाशित

बजेटबारे अर्थमन्त्रीलाई सांसद शर्माले दिए ९ सुझाव

सांसद एवम् नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बजेट निर्माण गर्दै गरेका अर्थमन्त्रीलाई ९ वटा सुझाव दिएका छन् । संसद्मा आइतबारदेखि जारी विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद शर्माले आगामी आर्थिक वर्षको बजेटमा लहडका आयोजनाहरु नसमेट्नेदेखि बेरुजुको समस्या हल गर्नेसम्मको सुझाव अर्थमन्त्रीलाई दिएका हुन् । 

यस्ता छन् शर्माका सुझावहरु:

  • राष्ट्र बैंकको समन्वयनमा मौद्रिक नीतिमार्फत बैंक र व्यवसायीबीच तनावपूर्ण ब्याजदरको समस्या हल गर्नुपर्ने
  • आन्तरिक र बाह्य ऋणको डेफ्ट ट्यापमा पर्न नदिई मितव्ययी ढंगले बजेटको निर्माण गरिनुपर्ने
  • अनुत्पादक र फजुल खर्चको क्षेत्रको पहिचान गरेर खर्च कटौती गर्नुपर्ने÷लहडका भरमा कुनैपनि परियोजना अघि सार्न नहुने
  • बजेटको आकार घटाएर भन्दा पुँजीगत खर्च गर्न सकिने गरी कानुन नीति तथा रणनीति बनाउनुपर्ने
  • व्यापार घाटा क्रमशः न्यूनीकरण गर्दै जान विद्युतको उत्पादन, खपत र निर्यातलाई प्राथमिकता दिनुपर्ने
  • खाद्यान्नमा आत्मनिर्भर हुन प्रेरित गर्ने गरी युवालाई कृषि उत्पादनमा जोड्न योजना ल्याउनुपर्ने
  • बेरुजु चुवावट नियन्त्रण र भ्रष्टाचारमा कडाई
  • निजी क्षेत्रको समन्वयनमा तत्काल कार्यान्वयन गर्नुपर्ने खारेज, सुधार वा नयाँ कार्यान्वयन गर्नुपर्ने, करिब दुई दर्जन ऐनहरुको ओम्निबस आर्थिक प्याकेजहरु ल्याउने गृहकार्य शुरु गर्नुपर्ने 
  • सार्वजनिक खर्च पुनरावलोकन आयोगको प्रतिवेदन अध्ययन गरी उपादेयता नदेखिएका सार्वजनिक संस्थान र विभागहरुको खारेजी प्रक्रिया अघि बढाउनुपर्ने 
     

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको