Like us!
Follow us!
Connect us!
Watch us!

खाँणलाई निलम्बन गर्ने कि नगर्नेबारे कांग्रेसको पदाधिकारी बैठक बस्दै

अर्थ संसार

विहीबार, २८ बैशाख २०८०, ११ : २० मा प्रकाशित

खाँणलाई निलम्बन गर्ने कि नगर्नेबारे कांग्रेसको पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक र पार्टी संगठनका विविध विषयमा छलफल हुने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिएका हुन्।

बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिएका पार्टीका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बारेमा समेत छलफल हुने बुझिएको छ ।

यस बाहेक पार्टीको आगामी केन्द्रीय समितिको बैठक तथा भातृ र शुभेच्छुक संस्थाका बारेमा समेत छलफल हुने महामन्त्री शर्माले बताए । कांग्रेस पदाधिकारी बैठक बुधबार पनि बसेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको