Like us!
Follow us!
Connect us!
Watch us!

इमरान खान पक्राउ

अर्थ संसार

मंगलबार, २६ बैशाख २०८०, १६ : ०९ मा प्रकाशित

इमरान खान पक्राउ

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । तेहरिक-ए-इन्साफका वकिल फैसल चौधरीले पूर्वप्रधानमन्त्री खानलाई गिरफ्तार गरिएको पुष्टि गरेका हुन् । उनलाई इस्लामावाद उच्च अदालत अगाडि गिरफ्तार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । 

पीटीआईका उपप्रमुख फवाद चौधरीले एक ट्विट गर्दै रेन्जर्सले खानलाई उच्च अदालत अगाडि गिरफ्तार गरेको जनाएका छन् । ‘इमरान खानको गाडी घेरिएको छ‚’ उनले ट्विटरमा लेखेका छन् । उनलाई कुन मुद्दामा पक्राउ गरिएको भन्नेबारे अझै स्पष्ट पारिएको छ्रैन् ।-Photo Source: Agency

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको