Like us!
Follow us!
Connect us!
Watch us!

इमरान खान आज पक्राउ पर्न सक्ने, वारेन्ट जारी

अर्थ संसार

मंगलबार, ०९ साउन २०८०, ११ : २२ मा प्रकाशित

इमरान खान आज पक्राउ पर्न सक्ने, वारेन्ट जारी

पाकिस्तानमा पूर्वप्रधानमन्त्री एवम् पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीका अध्यक्ष इमरान खानविरुद्ध अवहेलनाको मुद्दामा गैर जमानती वारेन्ट जारी भएको छ। पाकिस्तानको निर्वाचन आयोगले सोमबार इमरान खानविरुद्ध अवहेलनाको मुद्दामा गैर जमानती वारेन्ट जारी गरेको हो।

यसअघि इमरान खानलाई धेरै पटक हाजिर हुन बोलाएपनि इमरान खान उपस्थित नभएको कारण उनलाई आयोगले पक्राउ गर्ने वारेन्ट जारी गरेको हो । उनलाई पक्राउ गर्न आयोगले इस्लामावादका प्रहरी महानिरीक्षक (आईजी) लाई दिएको छ।

पाकिस्तानको निर्वाचन आयोगले गत वर्ष मुख्य निर्वाचन आयुक्त र निर्वाचन आयोगविरुद्ध अभद्र भाषा प्रयोग गरेको आरोपमा खान ९७०० र पार्टीका पूर्व नेता असद उमर र फवाद चौधरीविरुद्ध अवहेलनाको कार्यवाही सुरु गरेको थियो।

ईसीपी सदस्य निसार दुर्रानीको नेतृत्वमा रहेको चार न्यायाधीशको इजलासले गत जुलाई ११ मा उमरलाई राहत प्रदान गर्दै खान र चौधरीको लागि गैर जमानती वारेन्ट जारी गरेको थियो। इजलासले सुनुवाइका लागि जुलाई २५ गते तोकेको छ।

पाकिस्तानको निर्वाचन आयोगले आफ्नो नयाँ आदेशमा भन्यो कि खानलाई जनवरी १६ र मार्च २ मा नोटिस र जमानती वारेन्ट जारी गरिए पनि उनी आयोग समक्ष उपस्थित हुन गएनन्।  यसै सन्दर्भमा आयोगले पूर्वप्रधानमन्त्री खानविरुद्ध गैर जमानती वारेन्ट जारी गरेको छ।

आज बिहान १० बजेभित्र पक्राउ गरी हाजिर गर्न आयोगले आदेश दिएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको