Like us!
Follow us!
Connect us!
Watch us!

क्यानडा तथा चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी

अर्थ संसार

विहीबार, २८ बैशाख २०८०, ०८ : १२ मा प्रकाशित

क्यानडा तथा चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी

क्यानडा र चेक रिपब्लिक पठाइदिन्छु भनी लाखौँ रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

सिन्धुलीको कमलामाई नगरपालिका–४ घर भई हाल काठमाडौँको नयाँ बजार बस्ने ३४ वर्षका उद्धव नेपाल भन्ने सुवर्ण मग्रातीलाई प्रहरीले पक्राउ गरेको हो । उनले बाबुराम सापकोटासमेत चार जनालाई वैदेशिक रोजगारीका लागि क्यानडा तथा चेक रिपब्लिकलगायतका देशमा पठाउने लोभ देखाएर त्यहाँ जानका लागि प्रतिव्यक्ति रु १० लाख लाग्ने भन्दै रकम असुलेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए  । 

त्यहाँ पुगेपछि प्रतिष्ठित अटोमोबाइल कम्पनीमा जनरल वर्करको काम लगाइदिने र त्यहाँबाट मासिक रु दुई लाखसम्म तलब पाइने भन्दै उनले पीडितबाट रु पाँच लाख असुलेको फेला परेको छ । 

यसरी रकम लिएपछि फरार भएका उनलाई वैदेशिक रोजगार विभागबाट पक्राउ गरी उपस्थित गराइदिन गरेको अनुरोधको आधारमा पक्राउ गरी आजै थप अनुसन्धान तथा कारबाहीका लागि विभागमा बुझाइएको रेग्मीले बताए  । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको