Like us!
Follow us!
Connect us!
Watch us!

नेपालले क्यानडा एचपीसँगको अभ्यास खेलको सिरिज २-१ ले जित्यो

अर्थ संसार

मंगलबार, २२ असोज २०८१, ०८ : ५७ मा प्रकाशित

नेपालले क्यानडा एचपीसँगको अभ्यास खेलको सिरिज २-१ ले जित्यो

नेपालले क्यानडा एचपीसँगको अभ्यास खेलको सिरिज जितेको छ । गएराती सम्पन्न खेलमा नेपालले क्यानडा एचपीलाई १० रनले पराजित गर्दै सिरिज २-१ ले जितेको हो ।

तेस्रो तथा अन्तिम खेलमा नेपालले दिएको १८८ रनको लक्ष्य पछाएको क्यानडा एचपीले ४४.५ ओभरमा अल आउट हुदै १७७ रन बनाएको थियो । 

नेपला यसअघि पहिलो खेलमा ३ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा २० रनको विजयी भएको थियो । 

क्यानडा भ्रमण अन्तर्गत विश्वकप लिग- २ सिरिजमा नराम्रो प्रदर्शन गरको नेपालले त्यसपछि खेलेको टी-२० ४ मध्ये २ खेल जितेको थियो । 

अब नेपालले अक्टोबर २५ देखि अमेरिकामा सुरु हुने अमेरिका र र स्कटल्यान्डसहितको लिग- २ को त्रिकोणात्मक सिरिज खेल्ने तयारी गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको