Like us!
Follow us!
Connect us!
Watch us!

मैले पार्टीलाई संगठनात्मक रूपमा मजबुत बनाउँछु - प्रकाशमान सिंह

अर्थ संसार

आइतबार, १८ फागुन २०८१, १२ : २० मा प्रकाशित

मैले पार्टीलाई संगठनात्मक रूपमा मजबुत बनाउँछु - प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता तथा उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले आफ्नो राजनीतिक यात्रा विद्यार्थीकालदेखि सुरु भएको र स्थानीय तह हुँदै पार्टी नेतृत्वमा पुग्दासम्मका अनुभवले उनलाई थप जिम्मेवारी सम्हाल्न सक्षम बनाएको बताएका छन्।

आइतबार सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले  यस्तो बताएका हुन् ।

‘मैले पार्टीलाई संगठनात्मक रूपमा मजबुत बनाउने अठोट गरेको छु’ उनले भने।

नेपाली कांग्रेसको आसन्न महाधिवेशनलाई लिएर आन्तरिक रस्साकस्सी बढ्दो छ। सभापति पदका लागि विभिन्न नेताहरूले दाबी गरिरहेका छन्। देउवा पक्षबाट निरन्तरता दिने संकेत मिलिरहेका बेला अन्य नेताहरू संस्थागत सुधारको नारा दिएर मैदानमा उत्रने तयारीमा छन्।

सिंहले यसै सन्दर्भमा आफू संस्थागत पार्टी निर्माणका लागि दृढ रहेको बताएका छन् ।

पार्टीभित्र प्रतिस्पर्धा हुनु स्वाभाविक हो, तर प्रतिस्पर्धा विधि र विधानअनुसार हुनुपर्छ। पार्टीलाई बलियो बनाउन महाधिवेशनलाई अवसरका रूपमा लिनुपर्छ, विवादका रूपमा होइन,’ उनले जोड दिए।

यस्तै  सिंहले  पार्टीको महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको बताए।  पार्टीको आन्तरिक संरचना मजबुत बनाउन आवश्यक रहेको उल्लेख गर्दै मन्त्री सिंहले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि हामीले राजनीतिक स्थायित्वका लागि विभिन्न चुनौती सामना गरिरहेका छौँ । अहिले सरकारको काम मूल्यांकन गर्ने प्रक्रिया अघि बढिरहेको छ, जसमा मन्त्रालयहरूले कत्तिको प्रभावकारी रूपमा काम गरेका छन् भन्ने अध्ययन भइरहेको छ।’

उनले हालै सरकारले सार्वजनिक गरेको बजेट अनुसारका विकास योजनाहरूलाई तीव्र गतिमा कार्यान्वयन गरिनुपर्ने बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको