Like us!
Follow us!
Connect us!
Watch us!

कुमारीको तीन महिनाको नाफा १३ करोड ७४ लाख

मंगलबार, ३० कार्तिक २०७३, १४ : ३४ मा प्रकाशित

कुमारीको तीन महिनाको नाफा १३ करोड ७४ लाख

अर्थ संसार

काठमाडौं–कुमारी बैंकले चालु आर्थिक बर्षको असोज मसान्तसम्मा १३ करोड ७४ लाख रुपैंयाँ नाफा कमाएको छ । बैंकको नाफा गत आर्थिक बर्षको यसै अवधिको तुलनामा तेब्बर बढी हो । बैंकले गत आर्थिक बर्षको यही अबधिमा ४ करोड ८६ लाख खुद नाफा कमाएको थियो । बैंकले झण्डै ६ करोड बराबरको खराब कर्जा उठाएको छ । यस्तै खराब कर्जा घटाएर १.२६ प्रतिशतमा सीमित गरेको छ । 

बैंकको जगेडा कोषमा १ अर्ब ५० करोड रुपैंयाँ जम्मा भएको छ । बैंकले असोज मसान्तसम्मा ४० अर्ब ३५ करोड निक्षेप संकलन गरेर ३२ अर्ब ४१ करोड कर्जा प्रवाह गरेको छ । बैंकको प्रति सेयर आम्दानी ३१ रुपैंयाँ ४९ पैसा छ । यस्तै प्रति सेयर नेटवर्थ १सय  ५५ रुपैंयाँ ६४ पैसा छ । मुल्य आम्दानी अनुपात १९ दशमलव ५९ गुणा, र तरलता अनुपात २८ दशमलव ५२ प्रतिशत छ । 

कुमारी बैंकले काष्ठमाण्डप, महाकाली विकास बैंक, पश्चिामाञ्चल फाइनान्स र काक्रे विहार विकास बैंकलाई खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ । बैंकको सोमबार सम्पन्न विशेष साधारणसभाले ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको छ । 

582accc2a7c92.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको