Like us!
Follow us!
Connect us!
Watch us!

एस्ट्रीम इनर्जी ड्रिङ्सले नेपाल प्रिमियर लिगको फाइनल खेल निःशुल्क देखाउने

अर्थ संसार

शुक्रबार, २६ मंसिर २०८२, २१ : ३४ मा प्रकाशित

एस्ट्रीम इनर्जी ड्रिङ्सले नेपाल प्रिमियर लिगको फाइनल खेल निःशुल्क देखाउने

नेपाल प्रिमियर लिगको क्रिकेट उत्साहलाई एस्ट्रीम इनर्जी ड्रिङ्क्सले महोत्सवको रुपमा मनाउने उद्देश्यले नेपाल प्रिमियर लिगको सुदुरपश्चिम रोयल्स र लुम्बिनी लायन्स विचको फाइनल खेल यहि मंसिर २७ गते शनिवार धनगढीको जी.एन.जी मार्गस्थित पार्क मोड तथा बुटवलको ट्राफिक चोकमा एल.ई.डी. स्क्रिन मार्फत निःशुल्क प्रसारण गर्ने भएको छ ।

दर्शक तथा खेलप्रेमीहरूलाई आफ्नै प्रदेशको प्रतिनिधित्व गर्ने टोलीलाई सामूहिक रूपमा समर्थन गर्न, हौसला थप्न तथा खेललाई स्थानीय उत्सवको रूपमा मनाउन प्रोत्साहन मिलोस भन्ने उद्देश्यले एस्ट्रीम इनर्जी ड्रिङ्क्सले फाइनल खेल प्रसारणको प्रवन्ध गरेको हो । फाइनल खेलको महत्वपूर्ण क्षण खेल समर्थक हरुलाई नजिकबाट अनुभूति होस भन्ने उद्देश्यले दुवै स्थानमा उत्कृष्ट प्राविधिक व्यवस्था सहित एल.ई.डी.स्क्रिन मार्फत प्रत्यक्ष प्रसारणको तयारि गरेकोले आफ्नो प्रदेश र मनपर्ने टिमको समर्थनलाई महोत्सवको रुपमा भव्य बनाउन सहयोग गर्ने विश्वास एस्ट्रीम इनर्जी ड्रिङ्सले व्यक्त गरेको छ ।

एस्ट्रीम इनर्जी ड्रिङ्सले सबै खेलप्रेमी परिवार तथा युवाहरूलाई आफ्नो मनपर्ने टोलीलाई ऊर्जा, उत्साह र एकताको भावनासहित समर्थनको लाई उपस्थित हुन आग्रह गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको