आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीका लागि लाभांश घोषणा गरेको हो ।
कम्पनी सञ्चालक समितिको बिहीबार बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पुँजीको १०.५२३६२ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश बीमा प्राधिकरणबाट स्वीकृति भएर कम्पनीको आगामी साधारणसभाले पारित गरे पछि सेयरधनीहरुले प्राप्त गर्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस