Like us!
Follow us!
Connect us!
Watch us!

रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटललाई तीन नयाँ सेवाको अनुमति

अर्थ संसार

शुक्रबार, २६ मंसिर २०८२, १२ : ०७ मा प्रकाशित

रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटललाई तीन नयाँ सेवाको अनुमति

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सहायक कम्पनी रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट निष्काशन तथा विक्री प्रवन्धक शेयर रजिष्ट्रेशन र संस्थागत परामर्श सेवा सम्वन्धि कार्यहरु गर्ने अनुमति प्राप्त गरेको छ ।

कम्पनीले यस अधि धितोपत्र प्रत्यभूति, लगानी व्यवस्थापन सम्वन्धि कार्यहरु गर्दै आएको थियो ।बीमा क्षेत्रवाट पहिलो सामुहिक लगानी कोष रिलायवल सामूहिक लगानी कोष अन्तर्गत रिलायवल समृद्धि योजना नामको पहिलो सामूहिक लगानी योजना संचालन गरी रहेको छ ।

रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सतप्रतिशत सहायक कम्पनीको रुपमा कम्पनी ऐन, २०६३ को व्यवस्था बमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयमा मिति २०७८/०६/१० गते पब्लिक कम्पनीको रुपमा दर्ता भएको र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गत धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रूपमा सिमित कार्यहरु गर्न नेपाल धितोपत्र बोर्डबाट मिति २०८०/०४/२९ गते अनुमतिपत्र प्राप्त भएको तथा सामूहिक लगानी कोष नियमावली, २०६७ को व्यवस्था बमोजिम नेपाल धितोपत्र बोर्डबाट मिति २०८१/०८/०२ गते योजना व्यवस्थापक तथा डिपोजिटरीको रुपमा कार्य गर्न अनुमतिपत्र प्राप्त गरेको छ । नेपाल धितोपत्र बोर्डबाट मिति २०८२/०८/२३ गते धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)ले गर्न पाउने सम्पूर्ण कार्यहरु गर्न स्विकृत प्राप्त गरेकोछ । कम्पनीले हाल धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्ध, शेयर रजिष्ट्रेशन, संस्थागत परामर्स सेवा, धितोपत्र प्रत्याभूती,लगानी व्यवस्थापन तथा सामुहिक लगानी कोष अन्तर्गत कोष योजना व्यवस्थापक तथा डिपोजिटरीको को कार्यहरु गर्दै आइरहेकोछ । 

बिगत ३० बर्ष भन्दा बढी समय नेपालको धितोपत्र बजार ब्यवस्थापन सँग सम्वन्धित बिभिन्न संस्थाहरु तथा बैंकिङ्ग व्यवसायहरुमा प्रत्यक्ष संलग्न हुदै आएका अनुभवि भिष्म राज चालिसे मिति २०८२ भाद्र २७ गते देखि आगामि ४ बर्षको लागी प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त भई कार्यभार सम्हाल्दै आएको छन् । संस्थाले आगामी दिनहरुमा अनुभवी नेतृत्व, दक्ष ब्यवस्थापन, प्रचलित नियम कानुन तथा नियामक निकायहरुको निर्देशन र मार्गदर्शन हरुको अधिनमा रही नवीनतम प्रविधिलाई अवलम्वन गर्दै संस्थालाई थप उचाईमा पु¥याउने योजना रहेको प्रमुख कार्यकारी अधिकृत ले जानकारी गराए । साथै कम्पनीले मिति २०८२ मंसिर १२ गते कम्पनीको चौथो बार्षिक साधारण सभा समेत सम्पन्न गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको