Like us!
Follow us!
Connect us!
Watch us!

एनपिएल क्रिकेट : पोखराले जितसहित समाप्त गर्‍यो सिजन, चितवन ८ विकेटले पराजित

अर्थ संसार

शनिबार, २० मंसिर २०८२, १९ : ५१ मा प्रकाशित

एनपिएल क्रिकेट : पोखराले जितसहित समाप्त गर्‍यो सिजन, चितवन ८ विकेटले पराजित

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा पोखरा एभेन्जर्सले आफ्नो अन्तिम खेलमा सान्त्वना जित निकालेको छ । प्लेअफको दौडबाट बाहिरिसकेको पोखराले अन्तिम खेलमा चितवन राइनोजलाई ८ विकेटले पराजित गरेको हो । 

चितवनले दिएको १२१ रनको लक्ष्य पोखराले १९ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्याे । पोखराको जितमा एडम वासिंटनले सर्वाधिक ६५ रन बनाए । एडमले अर्जुन कुमालसँग पहिलो विकेटका लागि १०० रनको साझेदारी गरेका थिए । अर्जुन ४३ रनमा अविजित रहे । कप्तान कुशल भुर्तेल ४ रनमा आउट हुँदा जेशन रोय ६ रनमा अविजित रहे । बलिङमा चितवनका सैफ अली जैव र रिजन ढकालले एकएक विकेट लिए ।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२० रन बनाएको थियो । चितवनका लागि देव खनालले सर्वाधिक ३५ रन बनाए । अल्पेश रामजानी ३३, कप्तान कुशल मल्ल २३ रनमा आउट भए । बलिङमा पोखराका धनन्जय लक्षनले सर्वाधिक ३ विकेट लिए । विपिन खत्री, रोहित चन्द र किरण ठगुन्नाले एक एक विकेट लिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको