Like us!
Follow us!
Connect us!
Watch us!

अभियान लघुवित्त नाेक्सानमा, ईपीएस पनि ॠणात्मक

अर्थ संसार

विहीबार, ०४ जेठ २०८०, १० : ४० मा प्रकाशित

अभियान लघुवित्त नाेक्सानमा, ईपीएस पनि ॠणात्मक

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेकाे छ ।

खुद नाफा 

संस्थाले सार्वजनिक गरेकाे वित्तीय विवरण अनुसार तेस्रो त्रैमासमा संस्था १ करोड २१ लाख ८० हजार रुपैयाँ नोक्सानमा रहेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १ करोड २ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

खुद ब्याज आम्दानी

तेस्रो त्रैमाससम्ममा संस्थाकाे खुद ब्याज आम्दानी १८.२६ प्रतिशतले घटेर ३ करोड २८ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ४ कराेड २ लाख २९ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेकाे थियाे । 

सञ्चालन मुनाफा

संस्थाकाे नाफासँगै सञ्चालन मुनाफा पनि प्रभावित बनेकाे छ । समिक्षा अवधिमा संस्थाले १२ करोड ४२ लाख ५९ हजार रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले एक करोड १९ लाख ७४ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेकाे थियाे । 

 चुक्ता पूँजी

संस्थाकाे चुक्ता पूँजी ६६.५६ प्रतिशतले बढेर २५ करोड ४० लाख रूपैयाँ पुगेकाे छ । 

जगेडा काेष

संस्थाकाे जगेडा काेषमा २ करोड १९ लाख ७२ हजार रूपैयाँ सञ्चित रहेकाे छ । 

प्रतिसेयर आम्दानी (ईपीएस)

संस्थाको प्रतिसेयर आम्दानी ईपीएस ६ रूपैयाँ ४९ पैसा ॠणात्मक रहेकाे छ । 

प्रतिसेयर नेटवर्थ 

समिक्षा अवधिमा संस्थाकाे प्रतिसेयर नेटवर्थ एक सय ८ रूपैयाँ ७८ पैसा रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको