अर्थ संसार, रौतहट– जिल्लाको कटहरिया नगरपालिकास्थित निर्माणाधीन बाबा बैजुुनाथ सुुगर एण्ड केमिकल्स मिलमा करेन्ट लागेर एकजना मजदुुरको मृत्युु भएको छ ।
कटहरिया नपा–९ डुुमरिया टोलस्थित निर्माणाधीन चिनी मिलमा तार जोड्ने क्रममा सोमबार राति वडा नं ७, फत्तेपुर घर भएका ३० वर्षीय प्रमोद यादवको करेन्ट लागेर घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ ।
शव परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको इलाका प्रहरी कार्यालय, गरुडाका प्रमुख प्रहरी निरीक्षक केशव रेग्मीले बताउनुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस