Like us!
Follow us!
Connect us!
Watch us!

सिटी हाेटलकाे आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

अर्थ संसार

शुक्रबार, ०५ जेठ २०८०, १० : ५३ मा प्रकाशित

सिटी हाेटलकाे आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

सिटी हाेटल लिमिटेडले वैशाख २५ गतेदेखि वैशाख २८ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज जेठ ५ गते, शुक्रबार सम्पन्न भएकाे छ ।  

कम्पनीकाे आईपीओ बाँडफाँड भएपछि आईपीओ पर्ने लगानीकर्ताहरूलाई यस आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासाे हुन सक्छ । त्यसैले यहाँ हामी साेही विषयमा कुरा गर्नेछाैँ ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ८७ रूपैयाँ ८३ पैसादेखि अधिकतम २ सय ६३ रुपैयाँ ४९ पैसा ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

कम्पनीकाे आर्थिक वर्ष २०७८/७९ को प्रतिसेयर नेटवर्थ ८७ रूपैयाँ ८३ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा २ सय ६३ रुपैयाँ ४९ पैसा हुन्छ ।

कम्पनीले आफ्नो जारी पूँजीको १० प्रतिशत अर्थात् १६ करोड ७४ लाख रूपैयाँ बराबरको प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १६ लाख ७४ हजार कित्ता आईपीओ सर्वसाधारणमा बिक्री गर्न सेबाेनबाट अनुमति पाएको थियो । सर्वसाधारणका लागि बिक्री गरिने कुल कित्तामध्ये १० प्रतिशत अर्थात् १ लाख ६७ हजार ४ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँड गरिसकेको छ । बाँकी रहेको सेयरमध्ये ८३ हजार ७ सय कित्ता सेयर सामूहिक लगानी कोष र ६६ हजार ९ सय ६० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याईएको थियाे ।

गोलाप्रथाद्वारा बाँडफाँड गर्दा भाग्यमानी १ लाख ३५ हजार ५ सय ९४ जना आवेदकहरुले १० कित्ताका दरले सेयर हात पारेका छन् । यस आईपीओमा कुल १० लाख ९२ हजार ६ सय ६७ जना लगानीकर्ताहरूले आवेदन दिएकामा १० लाख ८७ हजार ६ सय ७५ जनाको आवेदन बाँडफाँडका लागि योग्य भएको थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको