Like us!
Follow us!
Connect us!
Watch us!

सिटी होटेलले ल्यायो आईपीओ भर्नेजति सबैलाई यस्ताे अफर

अर्थ संसार

बुधबार, ३१ जेठ २०८०, १३ : ४६ मा प्रकाशित

सिटी होटेलले ल्यायो आईपीओ भर्नेजति सबैलाई यस्ताे अफर

सिटी होटेलले हालै मात्र सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको थियो । कम्पनीले आईपीओ भर्नेजति सबैलाई अफर लेराएको छ । 

सिटी होटेलको आईपीओ भर्ने सबैले कम्पनीले सञ्चालन गरिरहेको होटेल हायात प्यालेसमा छुट पाउने भएका छन् । 

के-के छन् छुट अफर ?

-  होटेलमा २ रातको पैसा तिरेर ३ रात बस्न सकिने, 

-  ब्रेकफास्ट कम्प्लिमेन्टरी,

सबै खाना र नरम पेय पदार्थहरूमा १५ प्रतिशत छुट,

- लाउन्ड्री तथा ड्राई क्लिनिङ सेवाहरूमा २० प्रतिशत छुट,

- स्पा र सैलुन सेवाहरूमा २० प्रतिशत छुट,

- पूलमा डे पासमा ५० प्रतिशत छुट,

- इभेन्ट स्थलमा विशेष छुट

के छ छुट पाउने प्रक्रिया ?

याे छुट अफर पाउनका लागि कम्तिमा १ दिन अगाडी नै बुकिङ गर्नुपर्ने कम्पनीले जनाएकाे छ ।

कहिलेसम्म पाइन्छ ?

याे छुट अफर २०२३ सेप्टेम्बरसम्म लागु हुनेछ । 

सिटी हाेटल लिमिटेडले वैशाख २५ गतेदेखि वैशाख २८ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेकाे थियाे । कम्पनीले आफ्नो जारी पूँजीको १० प्रतिशत अर्थात् १६ करोड ७४ लाख रूपैयाँ बराबरको प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १६ लाख ७४ हजार कित्ता आईपीओ सर्वसाधारणमा बिक्री गर्न सेबाेनबाट अनुमति पाएको थियो । सर्वसाधारणका लागि बिक्री गरिने कुल कित्तामध्ये १० प्रतिशत अर्थात् १ लाख ६७ हजार ४ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँड गरिसकेको छ । बाँकी रहेको सेयरमध्ये ८३ हजार ७ सय कित्ता सेयर सामूहिक लगानी कोष र ६६ हजार ९ सय ६० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याईएको थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको