Like us!
Follow us!
Connect us!
Watch us!

शर्तमाथि शर्त थप्दै थ्री गर्जेज : पश्चिम सेतीको भविस्य अन्यौलमा

मंगलबार, २४ असोज २०७४, १३ : ०२ मा प्रकाशित

शर्तमाथि शर्त थप्दै थ्री गर्जेज :  पश्चिम सेतीको भविस्य अन्यौलमा

अर्थ संसार, काठमाडौं–  काम नगर्ने र आयोजना मात्रै ओगटेर बस्ने प्रवृत्तिमा अग्रसर चिनियाँ कम्पनी थ्री गेर्जेजले पश्चिम सेती जलविद्युत् आयोजना निर्माणमा लागि शर्तमाथि शर्त थप्दै लगेको छ ।
 
उसको उद्देश्य आयोजना होल्ड गर्नेमा मात्रै देखिने गरेको आयोजनाका सम्वद्ध अधिकारीले बताएका छन् ।  एक पछि अर्को महत्वपूर्ण आयोजना विदेशी कम्पनीले होल्ड गर्दै राख्न थालेपछि कडा रवैया अपनाउने नीति मन्त्रालयले अगाडि सारेको छ ।

कुल ७५० मेगावाट क्षमताको आयोजनालाई ६०० मेगावाटमा झार्ने चिनियाँ कम्पनीको प्रस्तावलाई सरकारले यसअघि नै अस्वीकार गरिदिएको छ ।

 
प्रसारण लाइन मुआब्जाा वितरण तथा स्थानीय प्रभावितको व्यवस्थापनका सम्बन्धमा थ्री गर्जेजले राखेको शर्त पूरा गर्न नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरण तयार भएपछि पुनः नयाँ चार शर्त अगाडि सारेको हो ।
 
थ्री गर्जेजले लगानी बोर्ड, प्राधिकरणलाई पठाएको पछिल्लो पत्रमा पहिला भएका खर्चको पूँजीकरण, त्यसको महसुल नीति, स्थानीय सेयरको वित्तीय व्यवस्थापनको प्रक्रिया र ऋण लगानीको ग्यारेन्टी प्रमुख शर्तको रुपमा पठाएको छ ।
 
कुल ७५० मेगावाट क्षमताको आयोजनालाई ६०० मेगावाटमा झार्ने चिनियाँ कम्पनीको प्रस्तावलाई सरकारले यसअघि नै अस्वीकार गरिदिएको छ । आयोजना बहुउद्देश्यि बनाउँदा त्यसबाट चौतर्फी लाभ प्राप्त हुने भएकाले त्यसबाट प्राप्त हुने लाभको सेयरिङका विषयमा समेत थ्री गर्जेजले शर्त अगाडि सारेको थियो ।


 
नेपाल राष्ट्र बैंकले खर्च पूँजीकरणमा सहमति जनाएपनि प्रक्रियाका बारेमा भने थ्री गर्जेजले प्रष्ट नपारेको कारण निर्णय गर्न नसकिने प्रतिक्रिया दिएको छ ।
 
आयोजानको आशामा बसेका स्थानीय प्रभावित भने विगत २२ वर्षदेखि गरिबी, अन्धाकारमा बस्न बाध्य छन् । विकास निर्माणको कुनै पनि काम आयोजना प्रभावित क्षेत्रमा हुन सकेको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको