अर्थ संसार, काठमाडौँ– नेपाल एएफसी एसिया कप २०१९ छनोटअन्तर्गत ताजकिस्तानसँग भएको दोस्रो खेलमा पनि पराजित भएको छ ।
ताजकिस्तानको हिसोर सेन्ट्रल रंगशालामा भर्खरै सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग ०–३ गोलले पराजित भएको हो । ताजाकिस्तानले तीनवटै गोल पेनाल्टीमार्फत गरेको हो ।
ताजाकिस्तानले २०, ६० र ८७ औँ मिनटेमा पाएको पेनाल्टीलाई गोलमा परिणत गरेको थियो ।
यसअघि गत भदौ २० गते काठमाडौँमा भएको पहिलो खेलमा पनि नेपाल ताजकिस्तानसँग १–२ ले पराजित भएको थियो । हारसँगै नेपालको एसिया कपका लागि छनोट हुने सम्भावना क्षीण हुँदै गएको छ ।
छनोट चरणमा हालसम्म खेलेका चारमध्ये तीन खेलमा हार र एक खेलमा बराबरी गर्दै आफ्नो समूहको अंकतालिकामा नेपाल पुछारमा छ । नेपालले अब फिलिपिन्स र यमनसँग खेल्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस