अर्थ संसार, इक्वेडर (एजेन्सी) – अर्जेन्टिना तथा बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले ह्याट्रिक गरेपछि इक्वेडरलाई ३-१ ले पराजित गरेको अर्जेन्टिनाले रुस विश्व कपमा स्थान पक्का गरेको छ ।
अन्तिम खेलमा अनुकुल नतिजा निकाल्दै अन्य खेलहरु पनि आफ्नो पक्ष्यमा नतिजा आएपछि छनोट चरण तेस्रो स्थानमा अन्त्य गरेको मेस्सीको अर्जेन्टिनी टोलीले विश्वकपमा स्वतः स्थान बनाएको हो ।
अर्जेन्टिनाले जितसँगै २८ अंक बनायो भने पेरु र कोलम्बिया बराबरी खेलेपछि तेस्रो स्थान पक्का भएको हो ।
रोमारियो इबाराले खेलको पहिलो मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई थप समस्यामा पुर्याएपनि मेस्सीले १२ औं मिनेटमा अर्जेन्टिनालाई बराबरीमा पुर्याएका थिए । मेस्सले पुनः २० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।
मेस्सीले दोस्रो हाफको ६२ औं मिनेटमा राम्रो गोल गर्दै ह्याट्रिक पुरा गरेपछि अर्जेन्टिनाको जित सुनिश्चित गरेका थिए ।
अन्य खेलमा पेरु र कोलम्बिया १-१ को बराबरीमा रोकिए भने ब्राजिलले चिलीलाई ३-० ले हराएपछि चिली विश्व कपबाट बाहिरिएको छ । उरुग्वेले बोलिभियालाई ४-२ ले हराउँदै दोस्रो स्थान पक्का गर्यो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस