Like us!
Follow us!
Connect us!
Watch us!

इन्फिनिटी लघुवित्तद्वारा बोनस सेयर वितरण

अर्थ संसार

बुधबार, १० जेठ २०८०, ११ : ४१ मा प्रकाशित

इन्फिनिटी लघुवित्तद्वारा बोनस सेयर वितरण

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले २० प्रतिशत बोनस सेयर वितरण गरेको छ । कम्पनीले गत फागुन १३ गते छैठौं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनस सेयर धितोपत्र दोस्रो बजारमा सूचीकृतपश्चात् वितरण गरेको हो । सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा जेठ ८ गतेदेखि बोनस सेयर जम्मा गर्न थालिएको कम्पनीले जनाएको छ । 

यस वर्ष कम्पनीले बोनस सेयर मात्र वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साबिक नेपाल एग्रो लघुवित्त वित्तीय संइस्था लिमिटेड र इन्फिनिटि लघवित्त वित्तीय संस्थाले मर्जर प्रक्रिया पुरा गरी २०७८ साल भदौ ४ गतेदेखि एकिकृत कारोबार सुरु गरेका थिए । 

आयकर ऐन , २०६३ को दफा ५६ को उपदफा (२) मा भएको व्यवस्था अनुसार प्राप्ति मितिबाट दुई वर्षसम्म निसर्ग गरेको सेयरमा पूँजीगत लाभकर नलाग्ने व्यवस्था रहेकाले सो मितिपश्चात कायम सेयरधनीहरूले भने बोनस सेयरको कर तिर्नुपर्ने भएको छ । कम्पनीले २० प्रतिशत बोनस सेयर कर तिर्नुपर्ने सेयरधनीहरूको बोनस सेयर कर रकम जम्मा गरेपछि मात्र हितग्राही खातामा जम्मा हुने बताएको छ । 

कम्पनीले चुक्तापुँजी रू. ४१ करोड ४५ लाख १३ हजारको आधारमा २० प्रतिशत बोनस सेयर वितरण गरेको हो । बोनस पछि चुक्तापूँजी रू. ४९ करोड ७४ लाख १६ हजार कायम भएको छ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन २ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा फागुन १ गतेसम्म कायम सेयरधनीहरू मात्र बोनस सेयर प्राप्त गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको