Like us!
Follow us!
Connect us!
Watch us!

इन्फिनिटी लघुवित्तको लेखापरीक्षणमा एबी एण्ड एशोसियट्स चार्टर्ड एकाउन्टेन्ट्स

अर्थ संसार

आइतबार, १४ फागुन २०७९, ११ : ५७ मा प्रकाशित

इन्फिनिटी लघुवित्तको लेखापरीक्षणमा एबी एण्ड एशोसियट्स चार्टर्ड एकाउन्टेन्ट्स

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले कारोबारको लेखापरीक्षणका लागि एबी एण्ड एशोसियट्स चार्टर्ड एकाउन्टेन्ट्स, काठमाडौँलाई नियुक्त गरेको छ । 

कम्पनीकोे फागुन १३ गते सहमति (संस्था) विजय चोक, गैडाकोट, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा सम्पन्न भएको छैठौं वार्षिक साधारण सभाबाट संस्थाको आ.व. २०७९/८० को कारोबारको लेखापरीक्षणका लागि एबी एण्ड एशोसियट्स चार्टर्ड एकाउन्टेन्ट्स, काठमाडौँलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीले जारी गरेको विज्ञप्ति यस्तो छः 

महोदय, उपरोक्त सम्बन्धमा यस इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको २०७९ फल्गुण १३ गते सहमति (संस्था) विजय चोक, गैडाकोट, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा सम्पन्न भएको छैठौं वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट पेश भएका साधारण, विशेष र विविध प्रस्तावहरु पारित भएको व्यहोरा जानकारीको लागि अनुरोध गर्दछौँ । साथै, उक्त साधारण सभाबाट संस्थाको आ.व. २०७९/८० को कारोबारको लेखापरीक्षणको लागि श्री एबी एण्ड एशोसियट्स चार्टर्ड एकाउन्टेन्ट्स, काठमाण्डौलाई नियुक्त गर्ने निर्णय भएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको