श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको सेयर संरचना परिवर्तन भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कम्पनीको परिवर्तित धितोपत्रको संरचना अभिलेख गरेको हो ।
कम्पनीको हालसम्म सूचीकृत ९८ लाख १६ हजार ८३२ कित्ता सेयरमध्ये साविक संस्थापक र सर्वसाधारण समुहको सेयर हिस्सा क्रमशः ५२.३२ र ४८.६८ प्रतिशतको अनुपातमा कायम रहेकोमा नेप्सेले कम्पनीको पत्रानुसार हाल ५१ र ४९ प्रतिशत अनुपातमा कायम गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको संस्थापक र सर्वसाधारण समुहको सेयर हिस्सा क्रमशः ५१ः४९ अनुपातमा कायम हुनेगरी संस्थापक समूहको २ लाख २७ हजार ७५० कित्ता सेयर जेठ १० गतेको निर्णयअनुसार सर्वसाधारण समूहमा अभिलेख राखी सोही समूहअन्तर्गत कारोबार हुन योग्य भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस