Like us!
Follow us!
Connect us!
Watch us!

देउवालाई भेटेर लगानीकर्ताले बुझाए ज्ञापनपत्र, ६ बुँदे माग समावेश

अर्थ संसार

विहीबार, ११ जेठ २०८०, १२ : ३१ मा प्रकाशित

देउवालाई भेटेर लगानीकर्ताले बुझाए ज्ञापनपत्र, ६ बुँदे माग समावेश

सेयर लगानीकर्ताहरूले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग भेटवार्ता गरेका छन् । बिहीबार नेपाल ईन्भेष्टर्स फोरमका अध्यक्ष तुल्सिराम ढकाल, निवर्तमान अध्यक्ष छाेटेलाल राैनियार, नेपाल पुँजिबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पाेखरेल र शेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेलसहित अन्य लगानीकर्ताहरूले देउवालाई भेटेर ६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन् ।

उनीहरूले देउवालाई हालको पूँजी बजारको स्थितीको बारेमा अवगत गराउँदै आगामी दिनमा हुनुपर्ने सुधारका पाटाहरू औँल्याएका छन् । सोही क्रममा लगानीकर्ताहरूको ३ वटा संगठनले संयुक्त रूपमा प्रधानमन्त्रीलाई ६ बुँदे मागसहित अन्य सबै कुरा समेटिएको ज्ञापनपत्र बुझाएका छन् ।

यस्ता छन् मागहरू :

१. लगानीकर्ताहरूको प्रमुख मागको रूपमा रहेको खुल्ला रूपमा नयाँ ब्रोकर लाईसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाईसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ति कार्यान्वयन गर्न अनुरोध गर्दछौं ।

२. १२ करोड़ (बाह्र करोड) सम्मको शेयर कर्जाको सिमाले शेयर बजारलाई निरुत्साहित गरेकोले सो व्यवस्थालाई फिर्ता लिनका लागि अनुरोध गर्दछौं ।

३. सेयर कर्जामा लगाईएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिदिनुहुन अनुरोध गर्दछौं ।

४. लगानीकर्तालाई अल्पकालिन र दिर्घकालिन लगानीकर्ताको रूपमा विभाजन गरी सोहि अनुरूप अल्पकालिन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालिन लगानीकर्तालाई ३ प्रतिशत पूँजीगत लाभकर लगाउने व्यवस्था गर्न अनुरोध गर्दछौं ।

५. विद्यमान व्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकोले उक्त व्याजदरमा पुनरावलोकन गरी एकल अंकमा कायम गरिदिनु हुन अनुरोध गर्दछौं ।

६. तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था श्रृजना हुन गएकोले उक्त समस्याको तत्काल समाधान गर्ने व्यवस्था गरिदिनु हुन अनुरोध गर्दछौं ।

माथिका मागहरू क्रमशः सम्बाेधन भै कार्यान्वयनमा ल्याउँदा सेयर बजारको गुणात्मक र परिमाणात्मक दीर्घकालीन विकास हुन गई सरोकारवाला सर्वपक्षिय आयमा वृद्धि हुनुका साथै विश्वासिलो र भरपर्दो लगानी गन्तव्यको क्षेत्रको रूपमा यस पुँजी बजारलाई स्थापना गर्न सक्षम र सफल हुने लगानीकर्ताहरूको धारणा छ ।

ज्ञापनपत्र हेर्नुहाेस् :

No description available.

No description available.

No description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको