Like us!
Follow us!
Connect us!
Watch us!

सम्पत्ति विवादमा देउवा बोले, ‘मेरो जीवन खुला पुस्तक’ भन्दै अनुसन्धानबारे उठेका प्रश्न अस्वीकार

अर्थ संसार

बुधबार, २५ चैत्र २०८२, २० : ०८ मा प्रकाशित

सम्पत्ति विवादमा देउवा बोले, ‘मेरो जीवन खुला पुस्तक’ भन्दै अनुसन्धानबारे उठेका प्रश्न अस्वीकार

नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू र आफ्नो परिवारमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु भएको भनाइ सार्वजनिक भएपछि त्यसबारे औपचारिक प्रतिक्रिया दिएका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको आफ्नो धारणा मार्फत उनले उक्त विषय सञ्चारमाध्यमबाट जानकारीमा आएको उल्लेख गर्दै सम्पत्तिसम्बन्धी विभिन्न दाबीहरू तथ्यहीन र भ्रामक रहेको स्पष्ट पारेका छन्। देउवाले आफू सार्वजनिक पदमा रहँदा कानुनअनुसार सम्पूर्ण सम्पत्तिको विवरण सम्बन्धित निकायमा बुझाएको दाबी गर्दै पारदर्शितामाथि कुनै प्रश्न उठ्नुपर्ने अवस्था नरहेको बताएका छन्।

उनका अनुसार लोकतान्त्रिक मूल्य, विधिको शासन र स्वतन्त्र न्यायपालिकाको पक्षमा आफूले लामो समयदेखि संघर्ष गर्दै आएको उल्लेख गरेका छन्। आफ्नो सार्वजनिक जीवनलाई “खुला पुस्तक” जस्तो रहेको दाबी गर्दै उनले कुनै पनि प्रकारको अनियमिततामा संलग्न नभएको सन्देश दिन खोजेका छन्।

देउवाले आफ्नो राजनीतिक यात्रामा सुशासन र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै गृहमन्त्रीको जिम्मेवारीमा रहँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी कानुन लागू गराउन भूमिका खेलेको र प्रधानमन्त्री रहँदा भ्रष्टाचार निवारण ऐन कार्यान्वयनमा ल्याइएको स्मरण गरेका छन्।

हाल स्वास्थ्य उपचारका लागि विदेशमा रहेको जानकारी दिँदै उनले उपचार प्रक्रिया जारी रहेको बताएका छन्। साथै, सार्वजनिक भइरहेका सूचनाहरूलाई अतिरञ्जित रूपमा प्रस्तुत गरिएको दाबी गर्दै वास्तविकता समयसँगै स्पष्ट हुने विश्वास व्यक्त गरेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको