Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेस–एमाले फरक दल हुन्, कहिलेकाहीँ असमझदारी हुनु सामान्य हो : देउवा

अर्थ संसार

शुक्रबार, १३ असार २०८२, ११ : ४१ मा प्रकाशित

कांग्रेस–एमाले फरक दल हुन्, कहिलेकाहीँ असमझदारी हुनु सामान्य हो : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारूढ दल एमालेसँग बेलाबेलामा असमझदारी देखिनु स्वाभाविक रहेको बताएका छन्। फरक राजनीतिक विचारधारा भएका दलहरूबीच सत्ता साझेदारी हुँदा कहिलेकाहीं मतभेद हुनु सामान्य हुने उनको भनाइ छ।

चितवनको भरतपुरमा शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै देउवाले सरकारका केही निर्णयप्रति फरक बुझाइका कारण असमझदारी देखिएको भए पनि यसलाई अनौठो ठान्न नहुने स्पष्ट पारे।

‘एमाले फरक दल भएकाले कहिलेकाहीँ असमझदारी देखिन्छ, यो स्वाभाविक हो,’ देउवाले भने, ‘तर सरकार आपसी सहमतिमै अघि बढिरहेको छ।’

उनका अनुसार कांग्रेसको आग्रहपछि सरकारले बजेटमा रहेको ‘टेक एन्ड पे’ व्यवस्था सहज ढंगले हटाएको हो। देउवाले यसलाई सरकारभित्रको समन्वय र सहकार्यको सकारात्मक उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको