Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकले लिलामीमा सेयर बिक्री गर्दै, कति छ मूल्य ?

अर्थ संसार

शुक्रबार, १२ जेठ २०८०, १० : ४१ मा प्रकाशित

कुमारी बैंकले लिलामीमा सेयर बिक्री गर्दै, कति छ मूल्य ?

कुमारी बैंक लिमिटेडले केही संस्थापक सेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गर्ने भएको छ । बैंकले साविकको एनसीसीको बैंकको नाममा रहेको १४ लाख ८३ हजार ३ सय ७८ कित्ता संस्थापक समूहको सेयर आज जेठ १२ गते, शुक्रबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो । 

मूल्य कति ?

उक्त सेयरकाे न्यूनतम मूल्य १ सय १० रूपैयाँ ताेकिएकाे छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

क-कसले दिने आवेदन ? 

यस सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । 

कहिलेसम्म दिने आवेदन ?

आज जेठ १२ गते, शुक्रबारबाट बिक्री खुल्ला गरिएको उक्त लिलामी सेयरमा जेठ १९ गतेसम्म आवेदन दिन पाइनेछ ।

कति दिने आवेदन ?

लगानीकर्ताले न्यूनतम १००० कित्तादेखि अधिकतम १० ले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले बैंककाे सेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी, काठमाडौँमा आइपुग्ने गरी आवेदन पेश गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको