Like us!
Follow us!
Connect us!
Watch us!

टेक्निकल बिनाको स्टक सेलेक्सन सबै जिरो हो : सन्दिप चौधरी

अर्थ संसार

शुक्रबार, १२ जेठ २०८०, १२ : ०६ मा प्रकाशित

अहिले मार्केटमा एकदमै पोजेटिभ सेन्टिमेन्ट रहेको प्राविधिक विश्लेषक सन्दिप चौधरी बताउँछन् । अर्थ संसारको नियमित कार्यक्रम टेक्नो गफमा कुराकानी गर्दै उनले अहिलेको बढाई नेचुरल रहेको बताए ।

अहिलेको अवस्थामा रिस्क कम र रिवार्ड बढी भएको इन्डेक्स छानेर लगानी गर्न उनको सुझाव छ । अझै पनि नबढेको सेयरहरू अब बिस्तारै बिस्तारै पालो आएर बढ्ने उनको तर्क छ । त्यसैले अहिलेसम्म नबढेको स्टकहरू खोजेर अवसर लिन उनले सुझाव दिएका छन् । 

कुराकानीकै क्रममा राष्ट्रीय बीमा कम्पनीको सेयरमा म्यानुपुलेसन भएको हो भनेर सोध्दा उनले आफूले भिडियो नबनाएको भए पनि त्यो दिन सर्किट लाग्ने नै थियो भने । आफूले सधैँ जेन्युन भिडियोहरू बनाउने गर्दा पनि बेलाबेलामा म्यानुपुलेसनको आरोप लाग्ने गरेको उनी बताउँछन् । सकभर आफूले बाई गरेर वा गराएर स्टकको नाम भन्न नरूचाउने आफ्नो पहिल्यैदेखिको बानी रहेको उनले बताए । आफूले सधैँ नैतिक आधारहरू पालना गरेर मात्रै भिडियो बनाउने गरेको उनले सुनाए ।

राष्ट्र बैंकले लघुवित्तहरूको नाममा जारी गरेको पुनरतालिकीकरण र पुनरसंरचना सम्बन्धी परिपत्रले राम्रो प्रभाव पार्ने उनले बताए । मार्केटले यसको रियाक्ट गर्ने र अगाडि नै गरिसकेको पनि उनी बताउँछन् । यो व्यवस्थाले माइक्रोफाइनान्सलाई पोजेटिभ पार्ने र एनपीएल पनि कन्ट्रोल हुने उनले बताएका छन् ।

बजेट भनेको राष्ट्रकै मेरूदण्ड रहेको उनको तर्क छ । बजेट र मोनिटरी पोलिसी जस्तो आएपनि त्यसले स्टक मार्केटमा प्रभाव पार्ने उनी बताउँछन् । हाम्रो मुख्य समस्या भनेको क्रेडिट टु जीडीपी ग्रोथमा रहेको उनको धारणा छ । बैंकहरूले लोन नदिए पनि केही नहुने तर दिँदा या त प्रोडक्सन सेक्टर या त स्टार्टअपका लागि दिनुपर्ने उनले सुझाए । सरकारले यी र यस्तै पोलिसीहरू बजेटमार्फत् ल्याउनुपर्नेमा उनको जोड छ । निर्यात नबढेपनि आयात घट्ने नीति अवलम्बन गर्दा अर्थतन्त्र आफैँ माथि आउने उनको तर्क छ । बैंकले, राष्ट्र बैंकले र सरकारले बजेटमार्फत् आयात घट्ने नीति ल्याउनु पर्ने उनको सुझाव छ ।

स्टक कहिले किन्ने र कहिले बेच्ने त्यो टेक्निकलले बाहेक अरू कसैले भन्न नसक्ने उनको दावी छ । स्टक सेलेक्सनको बारेमा जति नै अध्ययन र ट्रेड गरेपनि जबसम्म टेक्निकल सिकेर कुन ठाउँमा बाई गर्ने र कुन ठाउँमा सेल गर्ने थाहा हुँदैन तबसम्म त्यो सबै स्टक सेलेक्सन जिरो हुने उनी बताउँछन् । त्यसैले स्टक सेलेक्सनका लागि एउटा इकोनोमिक र फण्डामेन्टल अध्ययन र इन्ट्री एक्जीटको लागि टेक्निकल पढ्नै पर्ने उनले बताए ।

बुलमा सबैले काम गर्ने र कसैले केही नसिक्ने भन्दै उनले सिक्ने भनेकै बियरमा रहेको बताए । बुलको सिकाईको कुनै मतलब नहुने उनी बताउँछन् । 

अहिले पनि बजारले राम्ररी बुल कन्फर्म नगरेकाे उनले बताए । यद्यपी केही सब इन्डेक्सहरूले भने बुल कन्फर्म गरिसकेका बताए । अहिले पनि सेयर खरिद नगरेकाहरूले चाहीँ एउटा स्विङकाे लागि सेयर खरिद गर्न सक्ने बताए । जब कन्फर्म गर्छ त्यतिबेला चाहीँ इन्भेष्टर हुन उनकाे आग्रह छ । जहिले पनि बटम कुन हो त्यो नखोज्न र टप कुन हो त्यो अनुमान नगर्न उनले सुझाव दिए । 

उनीसँग गरिएकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको