Like us!
Follow us!
Connect us!
Watch us!

अघिल्लो बियरमा 'होल्ड इज गोल्ड' भनेर फसेँ अहिले ८०% ट्रेड सफल हुन्छन् : विश्लेषक श्रेष्ठ

अर्थ संसार

सोमबार, १९ मंसिर २०७९, १३ : १४ मा प्रकाशित

प्राविधिक विश्लेषक सुजन श्रेष्ठ अहिलेको अवस्थामा बजार ७ देखि १० प्रतिशतसम्म माथि जाने बताउँछन् । 

अर्थ संसारको नियमित कार्यक्रम टेक्नो गफमा कुराकानी गर्दै उनले भने, "बजारमा अहिले हेर्ने  हो भने मैले बजार ७ देखि १० प्रतिशतमाथि जाने देखेको छु । सोही कारणले गर्दा मैले २०६० देखि २१०० को लेभल भन्ने गरेको छु । त्यो लेभलमा प्राइस सेक्सनले कस्तो गर्छ त्यो अनुसार फर्थर एनालाईसीस गर्नुपर्ने हुन्छ । अहिलेसम्म बजार बुल रनमा लाग्यो भनेर भन्न सकिँदैन । यदि यो लेभलमा तपाईँले किन्न चाहानु हुन्छ भने एक डेढ सय पोइन्ट तल जाँदा वा एक डेढ सय पोइन्ट माथि जाँदा तपाईँलाई कुनै पनि असर पर्दैन भने सटेन प्रतिशत किन्ने बेला चाहीँ हो । कहिले पनि १०० प्रतिशत टपमा र १०० प्रतिशत लोमा बेच्न सकिँदैन । त्यही कारणले गर्दा फण्डामेन्टल्ली र टेक्नीकल्ली  दुवै हेरेर आफूलाई चित्त बुझ्दो सेयर किन्ने सिनारियो चाहीँ अहिले हो ।"

बजार विश्लेषण गर्दा प्राय सधैँ जसो श्रेष्ठको विश्लेषण सही सावित हुने गर्दछ । आफूले केके कुरालाई आधार बनाएर विश्लेषण गर्नुहुन्छ भन्ने हाम्रो प्रश्नमा उनले यसरी उत्तर दिए, "बजार एनालाईसीस  गर्ने धेरै फ्याक्टरहरू हुन्छ  । त्यसमा मैले चाहीँ मेरो बजारमा भएको अनुभव, प्राइस सेक्सन, टेक्निकल कुराहरू जस्तै इलियट वेभ, फिबोनासी, लिक्वीडेसनको कुराहरूलाई आधार मानेर एनालाईसीस गर्ने गर्दछु ।"

सन् २०१० देखि प्राथमीक बजार प्रवेश गरेका उनले सन् २०१५ देखि दोश्रो बजारमा कारोबार सुरू गरे । बुल मार्केटमा प्रवेश गरेका उनले बजार सधैँ बढीरहेको देखेका थिए । बजारमा नयाँ उनी त्यती बेला बजार एक्कासी घट्दा होल्ड इज गोल्डको रणनीति अपनाउँदा फसे अर्थात् घाटा व्यहाेरे । त्यसपश्चात् उनले प्राविधिक विश्लेषण सिके । त्यसलगायत बजार विश्लेषण गर्न चाहिने अन्य कुराहरूकाे बारेमा पनि उनले राम्ररी अध्ययन गरे । अहिले औषतमा उनले ठूलो घाटा खाएका छैनन् ।  उनका ८० प्रतिशत भन्दा धेरै ट्रेड सफल भएका छन् ।

अझै डेढदेखि २ वर्षसम्म नेपालको सेयर बजारले अल टाईम हाई रेकर्ड ब्रेक नगर्ने उनको अनुमान छ । आफूले बजार विश्लेषणका सबै आधारहरूलाई कम्बाइन्ड गरेर हेर्दा सन् २०२४ सम्म बजारले अल टाईम हाई रेकर्ड ब्रेक नगर्ने आँकलन गरेको उनी बताउँछन् ।

उनीसँग गरिएकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको