Like us!
Follow us!
Connect us!
Watch us!

बागमती प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै

अर्थ संसार

आइतबार, १४ जेठ २०८०, १२ : २७ मा प्रकाशित

बागमती प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै

बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश सरकारले आगामी आव २०८०–८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न अपराह्न २ बजेका लागि प्रदेशसभा बैठक तय गरिएको हो । बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधनसहित प्रदेश सरकारले संसद्मा पेस गरेको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

प्रदेशसभामा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संसद्मा प्रस्तुत गरिएको नीति तथा कार्यक्रमलाई छलफलका लागि टेबुल गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ । टेबुल भएको नीति तथा कार्यक्रममाथि आगामी प्रदेशसभा बैठकमा छलफल हुने जनाइएको छ ।–रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको