Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा रेर्कड ब्रेक, तोलामा कति पुग्यो?

अर्थ संसार

बुधबार, १७ जेठ २०८०, १२ : ५० मा प्रकाशित

सुनको मूल्यमा रेर्कड ब्रेक, तोलामा कति पुग्यो?

नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य पछिल्लो रेकर्ड भन्दा दुई सय रुपैयाँ बढी हो ।

यसअघि गत २१ वैशाखमा एक लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तोलामा दुई हजार चार सय रुपैयाँ बढेको सुनको मूल्य बुधबार प्रतितोला एक हजार पाँच सय रुपैयाँ बढेको हो ।

महासङ्घका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको